

बाध्यताले परदेशीन बाध्य नेपालीको कथालाई समेटेर जीवन संगीत बि.सि को संगीतमा गायिका तुल्सी घर्तिमगर र चन्द्र बि सि को समधुर आवाजमा “खाली निदार ” बोलको दशै गीतको भिडियो सार्वजनिक भएको छ ।
एक्सेष म्युजिककले प्रस्तुत गरेको “खाली निदार ” बोलको दशै गीतको शब्द हिरा विवश राना र लभस्टार सन्तोष रानाले लेखका हुन् । ‘परदेशमा रहदा घरदेशको सम्झना त छदैछ । त्यसमाथि दशैको वेला परदेशमा आफन्त र मायालुको यादले सताएको र घरदेशमा आफन्त तथा मायालुले परदेशिलाई सम्झीएको यथार्थ घटनालाई समेटेर मार्मीक शव्दको रचना गरिएको छ ।



भिडियोमा राजकुमार मगरको सम्पादन तथा निर्देशन रहेको छ भने , सुमन तामाङले भिडियोलाई खिचेका हुन् ।
भिडियोमा स्मृति मगर र सुभम गौतमको अभिनय रहेको छ ।