


नेपाल क्यान्सर अस्पताल , नाम देखेर नै मेरो सात्तो गैसकेको थियो । त्यसैमाथी प्रजोल थापा भनेर लेखिएको नाम ले मेरो मुटु को धड्कन नै रोकिए जस्तो आभास भयो। म के गरुम केहि सोच्नै सकिन । त्यतिकैमा एक्कासि प्रोजोल आएर मेरो हात बाट रिपोर्ट खोस्यो । अनि झर्किर भन्यो सोधैनसोधी अरुको सामान किन चलाको । म भने उस्लाई देख्ने बित्तिकै गएर अङ्गालो हाल्न पुगे । अनि हामी दुवै त्यही उभिरह्यौ केही नबोली, यो के हो ? मलाई किन केही भनेनौ भन्दै उसलाई गाली गर्न मन थियो । तर सबै वाक्यहरु घाटीमा नै अड्कियो । सबै शब्दहरु वाक्य बनेर मुखबाट निस्किन सकेनन् । आसु बनेर आँखा बाट बर्सिए । थाम्दा थाम्दै बर्षामा उर्लेको नदि जस्तै बग्न थाले मेरा आँखाबाट आसुका भेल , मनमा आधी चलेको जस्तै उथलपुथल भयो ।
मैले अलिक सहास जुटाएर प्रश्न गरे, आखिर कसरी भयो यस्तो तिमिलाई ? उ आफैं केही बोल्न सकेको थिएन, म झन अङ्गालो कसेर रुन थाले । समय यहि रोक्कियोस म भगवान सङ्ग मनमनै कामना गर्दै थिए! यदि समय यहि रोक्कियो भने न त यो अङ्गालो फुस्किन्छ न त प्रज्वल कतै जान्छ । तर समय सोचे जस्तो अनुकुल कहाँ छ र ? शितल चौलागाई
मैले अलिक सहास जुटाएर प्रश्न गरे, आखिर कसरी भयो यस्तो तिमिलाई ? उ आफैं केही बोल्न सकेको थिएन, म झन अङ्गालो कसेर रुन थाले । समय यहि रोक्कियोस म भगवान सङ्ग मनमनै कामना गर्दै थिए! यदि समय यहि रोक्कियो भने न त यो अङ्गालो फुस्किन्छ न त प्रज्वल कतै जान्छ । तर समय सोचे जस्तो अनुकुल कहाँ छ र ?
सायद मेरो हालत देखेर होला प्रजोलले नि मन थम्न सकेन क्यारे । मलाइ अझ अंगालोमा कसेर रुन थाल्यो । यत्तिकैमा कसैले ढोका मा नक गरेको आवाज आयो । मैले हत्त न पत्त प्रज्वलको अङ्गालो छोडे । प्रज्वल ले मेरो हातबाट त्यो रिपोर्ट खोसेर फेरि लुकाउन भ्याइसक्यो । मैले पनि आफ्नो आँसु रोक्न भ्याइसक्या थिए। उस्ले बिस्तारै ढोका खोल्यो ।
सब्जी पनि के साह्रो मह्ङ्हो हो हौ यो काठमाडौंमा भन्दै अंकलले कोठाभित्र प्रवेश गर्नुभयो । प्रजोल केहि नभएको जस्तै गरि वोल्यो । के गर्नु अंकल यस्तै छ काठमाडौंमा । यता दिनुहोस् भन्दै अंकलको हातबाट तरकारिको झोला लिएर किचन माथी राख्यो । अनि म तिर पुलुक्क हेरेर भन्यो चिया खान्छौ ? चिया भनेपछि जतिखेर नि नाइँ नभन्ने म अहिले भने नाइँको प्रतिउत्तरमा टाउको हल्लाए । कोठा एकछिन मौनताले भरियो । फेरि मौनतालाई चिर्दै प्रोजोल बोल्यो । अनि तिम्ले घरमा काठमाडौं आको खबर गर्यौ त ? म झसङ्ग भए ओहो दुई दिन भैसक्यो । आज त आमा को हालत के भयो होला । अब भने मेरो पुरै ध्यान घरतिर पो पुग्यो । प्रजोलको कुरै बिर्सेछु घरमा पो के भन्ने भनेर अतालिए , हात मा मोबाइल लिएर स्विच अन गरे , अन हुनेबित्तिकै देखे ४८वटा न्यू म्यासेज । यति धेरै म्यासेज मेरो हंसले ठाउँ छोडयो , एक्कासि मुख सुक्यो एउटा पनि म्यासेज हेर्ने आट आएन।