


आजभोली जताततै गजलै गजल भएको छ ।।
हो साहित्यको यहि बिधा सफल भएको छ ।।
गजलकै चर्चा चल्छ फेसबुक अनि ट्विटरमा
काफिया मिलाएपछी लेख्न सरल भएको छ ।।



सुत्र बाँधी लेख्नेहरु निकै कम देखिन्छन है!!
छन्द के हो सर्जक आफै अलमल भएको छ ।।
धेरै समुह र प्रतिष्ठान खोलिए गजलको लागी
गजलचाँही बाटोमा भेटेको मादल भएको छ ।।
गजलबाटै कतिले नाम कमाए घर पनि चलाए
गजल कसैको लागी कमाउने पसल भएको छ ।।