छमछम चुरा (मुक्तक)- प्रमिस ढकाल

मुक्तक

छमछम चुरा तिमिले बजाएर के गर्यौ।
मेरो सामु आउदा लजाएर के गर्यौ ।
थाहै नपाई लगेको मेरो प्रेमिल मनलाई
मनभित्रको मझेरिमा सजाएर के गर्यौ ।

तिमिलाई नसम्झेको कुनै दिन रात भएन।
सगै जिउने सगै बाच्ने मनत थियो साथ भएन ।
बिर्सनलाई हजार कोसिस गर्दा पनि तिमिलाई
बिर्सन सक्ने प्रेमको कुनै त्यस्तो मात भएन ।

प्रमिस ढकाल

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close