यात्रा भाग ९ सुशिस्ट ढकाल

४५ वटा म्यासेज देखेर सात्तो पुत्लो उडि सक्यो! म अब घर मा के भन्ने होला भनेर सोच्न थाले एक त हंस ले ठाउँ छोडी सक्या थ्यो त्यै माथी दिमागले नि काम गर्न छोडि सकेछ, सोची मात्र रहे प्रज्वलले हल्लयेर बोलायेसी झसङ्ग भए। उस्ले के भयो भनेर सोध्यो अनि मैले केइ हैन घरमा के भन्नू भनेर सोची राथ्ये भने उस्ले फेरि भन्यो जे छ त्यही भन न किन ढाट्नु भन्यो। आफैलाइ क्यानसर भाको कुरा लुकाउने मान्छेले एस्तो भनेको अलिक सुहाएन !

भन्न आट्या थिए तर आफैलाई कसो गरि रोके र फेरि भने भन्न तेति सजिलो छैन मैले आमा लाई काठमाडौ आको भने भने आमाले मामा लाई भनेर मलाई घर लेर जानुहुन्छ र मेरो बिहे गर्दिनु हुन्छ र म अहिले नै बिहे गर्न चाहान्न म आफ्नो सपना पूरा गर्न चाहान्छु त्यै भएर म घर बाट भागेर आको यो धुलोमान्दु मा नत्र आफ्नो घर आफ्नी एक्लि आमा जो जैले उहिले जङ्गल मा पसेको बाउ फर्कीआउछन कि भन्ने आशा लिएर बस्छिन उन्लाई अरु दुख थपेर किन भाग्थ्ये होला र? मेरो कुरा ले एक्छिन मौनता किनि सकेको थियो फेरि प्रज्ज्वोल को अन्कल बोल्नु भयो तर घरमा त भन्नू पर्छ नि नानी तिमिले घर मा भनेनउ भने तिम्री आमा येत्तिकै मरे सर भैहाल्छिन नि। हुन त अन्कल को कुरा नि ठिकै हो तर भन्न त भन्ने तर के भनेर भन्ने कुरा थियो र म केही सोच्नै सकेको छुइन।तर फोन त गर्नुनै छ तेसैले नम्बर दाबे र फोन गरे २ रिङ्गमै आमा ले उठाउनु भयो “हेल्लो छोरी तिमी कहाँ छौ? के गर्दै छौ? सन्चै छौ? कहाँ गको तिमी कसैलाई केइ नभनी?” आदि इत्यादी प्रश्न हरुले मलाई पुरी सक्नु भाको थियो र म सङ्ग बोल्न कुनै शब्द नै थिएन।

बोल्न खोजे नि घाँटीबाट शब्द निक्लिन संघर्ष गरिराको थियो र आँसु हरु मज्जाले आफ्नो बाटो बनाएर बगि राको थिए। मैले बिस्तारै भने आमा म काठमाडौ आको छु, सन्चै छु यहाँ चिन्ता गर्नु पर्दैन । उहाले फेरि सोध्नु भयो किन नभनी गकि त अनि मैले फेरि भने तपाईंले मेरो बिहे गर्दिन आट्नु भाको थियो तर म आहिले बिहे गर्न चहान्न म एउटा बिउटिसिएन बन्न चहान्छु मलाई थहा छ मैले हजुरलाई धेरै दुख दिएकी छु र मैले बिहे गरे भने तपाइले चिन्ता लिनु पर्दैन मेरो तर म आहिले नै बिहे कसरी गरम यो कलिलो उमेर मा? त्यो नि आफू भन्दा १३बर्ष ठूलो केटा सङ्ग? एक्छिन को मौनता पछि आमा फेरि बोल्नु भयो छोरी घर आइज घर मा बसेर कुरा गर्नु पर्छ तर म त्यो कदापी गर्न सक्दिन थिए किनभने म घर फर्किए भने म

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close