यात्रा भाग ७ – गरिमा भण्डारी

“खै! तिम्रो साथी त अझै आइन त” भन्दै श्याम जि ले सोधेपछी म झसङ्ग भएँ। अब के भनम भनेर अतालिए म ।मैले केही बोल्न नपाउँदै अघि देखी मौन बसेको प्रजोल ले प्रतिप्रश्न तेर्सायो,” को साथी ?” म झन मौन भएँ उसको प्रश्न सुनेर । उसको अंकलले मेरो मुखमा एकोहोरो हेर्नूभयो ,मानौ म अपराधी हुँ अनि जेलबाट भगेकी हुँ। म अब एक्कासि डराएँ। झुठ बोल्ने आँट आएन। प्रजोलले फेरि शंकाको दृस्टीले हेर्दै सोध्यो,“ तिम्रो को साथी छ यहाँ ?काठमाडौं कुन ठाँउमा ?” ऊ मलाई एक्कासि कैदिको जस्तै केरकार गर्न थल्यो, म मौन भएँ।

हाम्रो बिचको यस्तो कुराकानीले उस्को अन्कलले सोध्नुभयो,“तिमीहरु चिन्छौ एकअर्कालाई ?” “चिन्ने मात्र हो र! कति प्यारो र मिठो सम्बन्ध थियो हामी बीच ”, मैले मनमनै भने तर मुख बाट एक शब्द निस्क्या हैन । फेरि प्रजोलले नै प्रतिउत्तरमा हामी कलेज संगै पढेको साथी हो भन्यो। उसको कुरा सुनेर मैले उसको अनुहारमा पुलुक्क हेरे। साथी ?कस्तो साथी ? म मनमनै उसको र मेरो बीचको सम्बन्ध पहिल्याउन थालेँ । एतिकैमा उस्ले फ़ेरि सोध्यो मलाइ ,“साथी कहाँ बस्छे? को साथी हो?” म केही बोल्न सकिन, एक्कासि रुन थालेछु । म रोएको देखेर प्रजोल उस्को कुर्सीबाट उठेर मेरो टाउको सुम्सुमाउदै “के भयो ” भन्दै ममता देखाउन थाल्यो। अब मैले झुठ बोल्नै सकिन ,रुदै आफू घरबाट भागेको कुरा भने ।

आज धेरै पछि उसको स्पर्शले मलाई किन किन खुशी प्रदान गरिरहेको थियो । उसको अंकल हामीलाई देखेर अन्कनाउनु भयो । फेरि के सोच्नु भयो कुन्नि, ल नानी, तिमीले गल्ती गरि हलिछेउ घरबाट भागेर तर अब यो बिरानो ठाँउ मा एक्लै छोडने कुरा नि भएन, ल आज हामीसंगै हिन। कोठामै गएर बाँकी कुरा गरौंला भन्नुभयो । मलाई पनि सायद प्रजोललाई देखेर हिम्मत आएछ क्यारे , अघिको डर एक्कासि विलीन हुँदै गयो। मैले नि आँसु पुस्दै ,“हस्” भन्दै आफ्नो रातो झोला बोकेर उठें। उस्को अंकल गएर चिया नास्ताको पैसा तिर्नुभयो। प्रजोलले अंकलले अघि सकि नसकी बोक्नुभएको झोला बोक्यो अनि अघि अघि हिँड्यो। उसलाई पछ्याउँदै म र उसको अंकल पछि पछि लाग्यौं। उहाँहरू कोटेश्वर भन्ने ठाउँमा बस्नु हुँदो रहेछ । करिब दश मिनेट हिँडेपछि कोठा आइपुग्यो। पाँच तल्ले घरको मुनिको तल्लामा दुईवटा कोठा । एउटा ठूलो कोठामा दुईवटा खाट अनि लुगाको अस्तव्यस्त। फुङ्ग उडेको अनुहार जस्तो। उता घरमा मेरी आमाको अनुहार पनि ऐले यस्तै उडेको होला छोरी हराउँदा।

“ यस्तै छ है नानी, हाम्रो बसाई त” प्रोज्वलको अंकलले अनकनाउँदै भन्नुभयो। म उता फिरेर मुस्कुराएँ। प्रोजोलले सामान लागेर भित्र राख्यो। अर्को कोठा सानो थियो । तर उस्तै अस्तव्यस्त। फोहोरले कतकतिएको ग्याँस चुलो माथि एउटा ताप्के अनि छ्यौको आरीमा केही जुठा भाँडा। यी छोरा मान्छे मात्र बस्ने घर प्राय किन यस्तै अस्तव्यस्त हुन्छ? उसको अंकलले झोला खोल्नुभयो। गाउँबाट ल्याएको गुन्द्रुक, बेसार, इत्यादि को पोको रहिछ। पोको राख्दै उहाँ भन्न थाल्नु भयो, “ काठमाडौं डेरामा बस्न त्यति सझिलो हुन्न रहिछ नानी। कमाई भन्दा खर्च धेरै हुने!” -“धन्न धान्नु भएछ अंकल तपाईंले” -“ हेर न, गाउँबाट यति थोक ल्याउँदा पनि नपुग्ने” “ अँ त नी!

” उहाँ सामान मिलाउन थाल्नुभयो। प्रोजोल मेरो छेउमा आएर बस्यो। म झस्किएँ, के याे सब सपना त होइन? मलाई एकाएक उसलाई अँगाल्न मन लाग्यो। मेरो प्रोजोल, किन मलाई यति तड्पाएको? म अनेक कुरा सोच्न थालेछु। कतिबेला उसको हात समात्न पुगेँ, मलाई होस् भएन। अंकलले “के गरेकी नानी” भनेपछि पो झसङ्ग भएँ। प्रोजोल पनि जस्किएर बाहिर तिर लाग्यो। यो मलाई के भयो? रातो मुख पारेर म उता फर्किएँ।

साँझपख अंकल सब्जी किन्न भनेर बजार जानुभयो। प्रोजोल अझै कोठामा आएको थिएन। अस्तव्यस्त कोठा अनि अस्तव्यस्त जीवन। म कोठा मिलाइदिन तिर लागेँ। सिरक पत्याइदिँदै थिएँ, डस्ना मुनि केही छामियो। यसो हेरेको, हस्पिटलको रिपोर्ट कार्ड रहिछ। म काल्लिएँ, आँखा बाट आँसु बग्न थाल्यो। मनको ढुकढुकी रफ्तारमा बढ्यो। कार्ड पल्टाउन सकिन। नेपाल क्यान्सर अस्पतालको कार्ड थियो त्यो। मेरो प्रोजोलको कार्ड। मेरो प्रियको कार्ड !

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close