यात्रा भाग १०- गरिमा भन्डारी

कछिनको मौनतापछि आमाले रुन्चे स्वरमा बोल्नुभयो,“ छोरी घर आइज ,घरमा बसेर कुरा गर्नुपर्छ।” तर म त्यो कदापी गर्न सक्दिन थिएँ। किनभने म घर फर्किएँ भने मेरो बिहे हुने पक्का थियो र म आफ्नु सपना पूरा नगरी बिहे गर्ने त सोच्न नि सक्दिन थिएँ ।

मैले फेरि भने “ आमा, म घर आउँदिन अब। येतै बस्छु अनि बिउतिसिएन को तालिम लिएर फर्किन्छु।”(फोन काट्छु)।“ तिम्रो बिहे पो हुन लागेको थियो?” प्रोजोल्ले अचम्म भावले सोध्यो। म चुप चाप टाउको मात्र हल्लाउँछु । म भन्दा धेरै झत्का त उसलाई लागे जस्तो देखिन्थ्यो। त्यसपछि अन्कल उठेर खाना बनाउन तिर लाग्नुभयो। उहाँले मलाई केही प्रश्न गर्नुभएन। म चामल केलाउन थालेँ। आमाको स्वर सुन्न पाउँदा अर्कै आनन्द आयो। ढुक्क भएँ अब म । भोलिबाट काम खोज्न जानुपर्ला। अलिक पैसा कमाएपछि बिउटीसियनको तालिम लिनुपर्छ। मनमा सकारात्मक सोच आयो। अचानक प्रोजोलको फोन बज्छ। ऊ केही नभनी बहिर गएको देखेर म अलिक आतिन्छु। १०-१५ मिनेट पछि फर्किन्छ प्रोजोल , साथमा अर्कै चमक ल्याएर। “के भयो?” मैले लुसुक्क सोधेँ। उस्ले बिस्तारै कानमा भन्छ “ त्यो क्यान्सरको रिपोर्ट मेरो हैन रे । होस्पिटलबाट गल्ती भएको रहेछ।” त्यो बेला सबभन्दा खुसी मान्छे मै थिएँ होला। प्रज्वलले क्यान्सर छैन भन्दा , कराउन मात्र के लागेकी थिएँ, उस्ले मेरो मुख थुनेर अन्कलतिर देखाउँछ। धन्न चिच्याईन छु।

कलेजमा एकचोटि यस्तै गरी आँखा जुदाई खेलेका थियौँ हामीले। साथीहरुले खुब जिस्काएका थिए। लाग्यो, अहिलेपनि कोठाको साथ दिएका झ्याल ढोकाले जिस्काउदै छन्। गरिमा भन्डारी

 

बिहान अंकलको मोबाइलमा भजन बजेपछि मेरो निन्द्रा खुल्यो। उहाँ पशुपति दर्शन गर्न हिँड्न लाग्नु भएको रहेछ। म अहिलेसम्म पशुपति गएकी थिइन। जान मन थियो। “ अंकल, एकछिन कुर्नुस् न, म पनि जाने पशुपति!” मैले भने। अंकल हतारमै देखिनुहुन्थ्यो। “ भरे जाँदा हुन्न प्रज्वल सँग? मलाई उता उतै काममा जानु छ, खाना- साना खाएर डुल्न निस्किनु नी दुईजना दाजुबहिनी ” उहाँले हतारमा भन्नुभयो अनि फुत्त लाग्नुभयो बाहिर। दाजुबहिनी ? को ? प्रोजोल र म? यो शब्दले मलाई एकछिन सोच्न बाध्य बनायो। हुन त अंकललाई थाहा थिएन हाम्रो सम्बन्धबारे, तर पनि मलाई अजीब लाग्यो दाजुबहिनी सम्बन्ध। प्रोजोल पनि विम्झियो। किन यति बिघ्न राम्रो लाग्छ मलाई ऊ ? हेरिरहेँ उसलाई एकोहोरो, आँखा जुध्यो। कलेजमा एकचोटि यस्तै गरी आँखा जुदाई खेलेका थियौँ हामीले। साथीहरुले खुब जिस्काएका थिए। लाग्यो, अहिलेपनि कोठाको साथ दिएका झ्याल ढोकाले जिस्काउदै छन्। के यो झ्याल ढोकालाई थाहा होला हाम्रो सम्बन्ध? अहँ ! थाहा भएको भए अंकललाई भन्दिन्थे होलान् । प्रोजोल मेरो छ्यौमा आयो। “ आँखा जुदाई खेल्ने?” उसले सामान्य रूपले सोध्यो। किन सोध्यो यति बिहान? अहिले? पक्कै सम्झ्यो होला उसले पनि ती दिनहरु। सम्झ्यो होला सँगै साइकलमा पल्लो गाउँ गएको, नोट कापी दिने निहुँ पारेर मलाई भेट्न आएको, अनि पर रुखको छहारीमा बसेर मीठा मीठा गफ गरेको, गफकै सुरमा आँखा जुदाई खेलेको, एकअर्कामा हराएको। “ नखेल्ने” त्यति भनेर फुत्त भाग्न लागेकी थिएँ, उसलाई मलाई जोडले अँगालो। त्यति स्पर्श , मेरो आफ्नो मान्छेको स्पर्श, म भाग्न सकिनँ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close