कोरोना भाइरस चिनले नै बनाएको डोनाल्ड ट्रम्पको दावी

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जासुसी संस्थालाई नजरअन्दाज गर्दै कोरोना भाइरस चिनियाँ प्रयोगशालामै उत्पति भएको आफूसँग आधार भएको बताएका छन् ।

यसअघि अमेरिकी राष्ट्रिय जासुसी संस्थाका प्रमुखले कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धानमै रहेको बताएका थिए ।तर ती प्रमुखले कोरोना भाइरस वंशानुगत वा कृत्रिम नभएकोमा जोड दिएका थिए ।

यसअघि नै चीनले प्रयोगशाला सिद्धान्तलाई अस्विकार गर्नाको साथै कोरोना भाइरससम्बन्धि अमेरिकी आरोपको खण्डन गर्दै निन्दा गरेको थियो ।
चीनबाट पहिलोपटक देखापर्दै विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसले अहिलेसम्म दुईलाख ३० हजारको ज्यान लिएकोमा ६३ हजार अमेरिकी नागरिक छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close