लेसेस्टर सिटि एभर्टनसङ्ग पराजित

एजेन्सी । तेस्रो स्थानको लेस्टर सिटी एभर्टनसँग पराजित भएको छ । एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा गए राति भएको खेलमा लेस्टर २-१ गोलले पराजित भएको हो ।

एभर्टनको जितका लागि रिचार्लीसन र गिल्फि सिगोरेसनले एक एक गोल गरे । लेस्टरका लागि केलेची ईबियानाचोले एक गोल फर्काएका थिए । खेलको दसौं मिनेटमा रिचार्लिसनके गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसको छ मिनेट नबित्दै एभर्टनले पाहुना टोली लेस्टरमाथी अग्रता दोब्बर पार्यो । खेलको १६ औं मिनेटमा गिल्फले पेनाल्टीमा गोल गर्दै एभर्टनलाई पहिलो हाफमा २-० को अग्रता दिलाए ।

त्यसपछी दोस्रो हाफमा लेस्टरले खेलमा फर्किने संकेत दिएको थियो । खेलको ५१ औं मिनेटमा केलेचिले गोल गर्दै गोल अन्तर २-१ मा पारे । तर थप गोल गर्न नसक्दा तेस्रो स्थानको लेस्टर पराजित भएको हो ।

यो जितसँगै एभर्टनले तालिकाको ११औं स्थानमा उक्लिएको छ । एभर्टनको ३२ खेलबाट ४४ अंक रहेको छ । लेस्टर भने समान खेलबाट ५५ अंक जोड्दै तेस्रो स्थानमा यथावत छ ।

त्यस्तै गत राति नै भएको अर्को खेलमा न्युक्यासल विजयी भएको छ । बर्नमाउथको घरेलु मैदानमा भएको खेलमा न्युक्यासल ४-१ गोलले विजयी भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close