आर्सनलको फराकिलो जित

एजेन्सी । इंग्लिस प्रिमियर लिगको रेलिगेसन जोनमा रहेको नर्विच सिटीमाथि आर्सनलले फराकिलो जित निकालेको छ ।

घरेलु मैदान इमिरेट्समा बुधबार राति भएको खेलमा आर्सनलले नर्विचलाई ४-० गोलको फराकिलो जित निकालेको हो । खेलको ३३औं मिनेटमा पिएरे एमेरिक आबुमयाङ्गले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसको चार मिनेट नबित्दै आर्सनलले अग्रता दोब्बर पार्यो । ३७ औं मिनेटमा ग्रानिट हाकाले गोल गर्दै पहिलो हाफमा आर्सनललाई २-० को अग्रता दिलाएका थिए ।

त्यस्तै दोस्रो हाफमा थप दुई गोल गर्ने क्रममा खेलको ६७औं मिनेटमा आबुमयाङ्गले व्यक्तिगत दोस्रो गोल गरे । ८१ औं मिनेटमा आर्सनलका लागि सेड्रिकले गोल गरे । सब्स्टिट्युडको रुपमा मैदान प्रवेश गरेका उनले मैदानमा आएको पाँच मिनेट नबित्दै गोल गरेका थिए । यसै गोलबाट आर्सनलले ४-० को फराकिलो जित निकल्यो ।

यो जितसँगै आर्सनलले शीर्ष ६ भित्र रहँदै लिगको अन्त्य गर्ने बलियो सम्भावना बढेको छ । आर्सनलको ३२ खेलबाट ४६ अंकसहित तालिकाको सातौं स्थानमा उक्लिएको छ । पराजित नर्विच लिगको पुछारमा यथावत छ । नर्विचको समान खेलबाट २१ अंकसहित २०औं स्थानमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close