मिल्न नसकेको चिना

कथा
मनिता रेग्मी
बेल्कोटगढी-२ ,नुवाकोट
सधैं झैं आज पनि फेस्बुकका वालहरुलाई स्लाइड गर्दै थिय ,अचानक पिपुल्स योउ मे नो मा देखियो साधारण कुर्था मा मुस्कुराइ राखेकी केटी ,गाजलु काला अाँखा ,मुस्कुराउदा गालामा परेको आकर्षक डिम्पल,कालो अनि सर्लक्क परेको लामो कपालमा सजिएकी सबिता देख्नेबित्तिकै आकर्षित भयो मेरो मन,हतार हतार उनकै प्रोफाइल खोलेर एड फ्रेन्ड गरेर उनको फोटो हेर्दै अनेकौं कल्पाना गर्न थालिसकेको थिएँ। म यात तर बास्तविकता उनले कैहिल्यै मेरो रिकक्वेस्ट एक्सेपट गर्नी हो पत्तो थिएन।कति बेला रिक्वेस्ट एक्सेप्ट गर्लिन भनेर सोच्दा सोच्दै निदाएछु।
बिहान बिउझिने बित्तिकै फेस्बुककाे दर्शन गर्ने बानी सबै नेपाली को छ।मैले त झन हिजो मात्र सबितालाई रिक्वेस्ट पाठाको थिए,एसेप्ट भयो कि भन्नी खुल्दुली मनमा उब्जिएको थियो।फेस्बुक खाेल्ने बित्तिकै नोटिफिकेसनमा अाँखा पुगिहाल्याे। उनले मेरो अनुरोध स्वीकार गरी छिन् मन मनै धन्यवाद दिए र तत्काल हाइ भनिहाले उनी अन्लाईन नभए पनि,म पल पल अन्लाईन गइरहेँ,उनी अन्लाईन आउने र गफ गर्ने आशाले फेरी पनि उनको प्रोफाइल हेरेर एक्लै मुस्कुराए अनि उनको फोटो सङ्ग अनेक कुरा गरिरहे, दिन भर उनी अन्लाईन आइनन्। बेलुकी करिब 7:20 तिर खाना खान जानै लागेको थिए ,उनी अन्लाईन आएको संकेत फेस्बुकको हरियो थोप्लाेले जान्कारी दिइहाल्लो,लागेको भोक कता हरायो कता,त्यतिनै बेला उनको रिप्लाई पनि आइहाल्याे। हेलो,अनि म आफै सम्बाद सुरु गरिहाल्य के छ खबरबाट, सुरुको दिन भएर होला साधारण परिचय भयो हाम्रो ,खासै लामो कुरा भने हुन सकेन
थोरै कुरा भए पनि उनको बोल्ने शैली खुब मन पर्याे। मलाई ,जात ,धर्म सस्कार,सँस्कृती सबै मिलेकै थियो। बाँकी थियो त केवल उनको र मेरो मन संघ मन मिल्न,मैले त पहिले नै उनलाई देखेर नतमस्तक भैसकेको थिएँ।
बिस्तारै उनी पनि म सङ खुल्दै जान थाली सकेको थिइन्। अब एउटा साथीको नाताबाट प्रेमको सम्बन्धमा परिवर्ति भैसकेको थियाैँ ।दिनहुँ कुरा हुनु स्वाभाबिक थियो हामीमा ,अब हामी फेस्बुकमा मात्र रहेनौ कलमा पनि मज्जाले कुरा गर्नी भैसकेको थियाैँ।दिन जति बित्दै जानन्थ्याे सम्बाध पनि त्यति नै गहिरीदै जान्थ्याे ।जिन्दगीको गोरेँटोमा एक्लै हिंड्न नसक्ने भैसकेका थियाैँ ।हामीले भविष्यको योजना बुन्न थालिसकेको थियाैँ।हाम्रो सम्बन्धले एक बर्ष पूरा गरेको दिन, उनले एकाबिहानै मसङ्ग मेरो जन्म मिति मागिन र भनिन आज ज्योतिषको मा जादौ छाैँ। ।म पनि यता खुसी थिएँ,अब बिवाह गर्नु पर्छ भनेर।दिन भरि उनको प्रतीक्षा गरे तर उनको पत्तो भएन । फोन कोसिस गरे ब्लक देखायो।किन गरिन होला ब्लक?बिहान सम्म राम्रै बोलेको मान्छे एक्कासि के भयो? अात्तिएर हतार हतार फेस्बुक खाेल्ये मेसेज छोडेकी रैछ। माफ गर्नु होला हामी एक हुन सक्दौनाैँ ।यदि हाम्रो बिवाह भयो भने मेरो मृत्यु निश्चित छ ,हजुर को चिनामा माङ्गलिम दोष रहेछ।यति लेखेर उनले फेस्बुकबाट पनि ब्लक गरिछिन्।मनमा ठूलो हुन्डरी चल्यो र म थरर कामेर थचक्क भुईँमा बसे ।अनि सोच्न थाले चोखो मनहरु मिलेपछि सबै भन्दा मंगल त्यो नै होइन र?पबित्र प्रेमले सारा दोषलाई जित्न सक्दैन र? मेरी उनी त अप्रमाणित दोषलाई देखाएर टाढिइन्।अाज भोलि मेरा रात यही सोचेर बित्छ। दोष कस्को हो,यति धेरै मायामा डुब्ने मेरो,मायामा बिस्वास र आट्न भएकी तिम्रो वा माङ्गलिक दोष देखाउने ज्योतिषको।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close