


फलोस् यो बिहानी फुलोस् यो बिहानी
सधैँ जिन्दगीमा भुलोस् यो बिहानी।।
भुली दु:ख पीडा खुसी होस् मुहार
नयाँ पालुवा झैँ झुलोस् यो बिहानी।।



सबै मित्र साथी छ सद्भाव मेरो
अझै जिन्दगानी बुनोस् यो बिहानी।।
नमस्कार गर्दै गरेँ कामना यो
खुसीले सिरानी चुमोस् यो बिहानी।।
अधेरी सँगै ज्योति साँटेर आओस्
गुरो! ज्ञान ढोका खुलोस् यो बिहानी।।
सधैँ धर्म औ सत्यको पालनाको
प्रभो! मार्ग के हो मिलोस् यो बिहानी।।
विपिन पाठक ‘भावुक’