का’न्छो पु’स्ता र अ’बको बा’टो- प्रदिप न्यौपाने

कान्छो पुस्ता आफैंमा चेतनाले जागरुक देखियको भक्खरै कलेज पढ्दै गरेको या पूरा गर्न खोजेको चौथो पुस्ताको रुपमा उदायको पुस्ता हो।यो पुस्ता आफैंमा नयाँ पुस्ता हो।यो पुस्ता आफ्नो बिसय अध्यानमा योग्य देखिन्छ।यो पुस्ता करियर उन्मुख देखिन्छ ।बिसेसत: सहरी छेत्रमा कान्छो पुस्ताले राम्रै शिक्षा हासिल गर्ने मौका पनि पायको छ।कान्छो पुस्ताले राजनितिलाइ आलोचनात्मक दङ्गले हेर्ने बुज्ने गरेको पाइन्छ।यो पुस्ता प्रबिधि र संचार उन्मुख देखिन्छ ।देश बिदेश मा भएको बिकाश र प्रबिधि लाई सजिलै बुज्ने पुस्ता को रुपमा उदायको छ।कान्छो पुस्ता नचाहिदो राजनितीक अखण्डतामा परेको पाइन्न।यो पुस्ता असल र गलत लाई सजिलै छुट्टाइ असल कुरा को समर्थन र गलतकुरा को बिरोध गर्न उदाउने खालको देखिन्छ ।

कान्छो पुस्ता सन्सार हेर्न र देख्न चाहाने यो पुस्ता अल्लि महत्त्वकान्छी पनि देखिन्छ कान्छो पुस्ता के चाहान्छ??यो पुस्ता चाहान्छ त संविधान निर्माण पछिको कार्यनयन चरणमा सान्ती स्थाइत्व र बिकास ,र समृद्धि चाहान्छ।यो पुस्ताले देश बिदेशमा चल्ने गरेको जातिय ,धार्मिक ,वैमनस्य र अबिस्वास प्रती पनि कुनै रुचि राख्ने देखिदैन ।यो पुस्ताले के बुझेको छ भने असल साथी र असल छिमेकी कुनै जात र धर्मका हुन सक्दैनन् भन्ने बुजेको छ।यो कान्छो पुस्ताले भावना र असल काम गर्ने कुरा मान्छेले हो जात र धर्मले,बर्ग ले होइन भन्ने बुझेको छ।यो पुस्ता खुल्ला बिचार को छ।यो पुस्ता बगैंचा मा फरक फरक रङहरुको फुल फुलेको हेर्न चाहाने खालको यो कान्छो पुस्ता हो।कान्छो पुस्ता नेपाली को भाग्य र भबिस्य आपसी सद्द्भाब र सहयोगमा आधारित छ भन्ने बुझेको छ।यो पुस्ता ले देशलाई बढी माया गर्नेतर राजनिती लाई आलोचनात्मक ढंगले बुज्ने गरेको छ ।र कै सङ, देश सराप्न्ने मानसिकता पनि नदेखिएको भने होइन।आगामी चुनाव लाई आकडा गर्ने हो भने यो पुस्ता निर्णायक हुनेछ।यो पुस्ताले पुस्ते भोट हाल्नेछ।जसले नेपाल को बिकास र स्थाइत्व ,रास्टियता सद्द्भाब र अखण्डतालाइ ग्यारेन्टी खालको हुनेछ।तेसैले अबको राजनिती चौथो पुस्ता यब्म कान्छो पुस्ता लाई हेरेर योजना गर्नु जरुरत छ।
देशको अवस्था सकारात्मक दिशा तिर उन्मुख देखिन्छ ।यो पुस्ता अबको यक दशकमा देशका विभिन्न सम्यन्त्रमा निर्णायक हुनेछ।देशको सुन्दर भबिस्य निर्माण गर्ने जिम्मा यो पुस्ताले काध थाप्नेछ ।हाम्रो नेपाली समाज मुलत सद्द्भाबमा आधारित समाज हो भन्ने कुरा हामी सबैलाई सर्बजिबितै छ।यो पुस्ताले जातिय ,धार्मिक र भौगोलिकतालाइ आधार बनायर पछ्यपोसण गर्ने खालको देखिन्न ।यो पुस्ता जिम्मेवारीलाई ग्राहण गर्दै सबैको हितको लागि योजना बनाइन्छ।जसले रास्ट्लाइ सकारात्मक बाटो तिर थपउन्मुख गराउने छ।इतिहासमा केलाउदा देशमा हाली मुहालि गरि देसलाइ जर्जर बनाउनेहरु जातीय धार्मिक दण्ड को बीउ छर्नेहरुलाइ यो पुस्ताले नांगेझार पार्ने निछित छ।कान्छो पुस्ता बिस्व्व प्रतिस्पर्धा लाई सहजै मूल्याकंन गर्ने खालको हुनेछ।यो पुस्ताले व्यबहारवाद को बाटो लाई लिग्दै फरक विचारलाई पनि आत्मसाथ गर्ने खाल्को हुनेछ ।यही पुस्ताले न्याय ,समानता ,सान्ती ,बिकाश र मानबता रोजगारी स्वास्थ का समस्या समाधानको बाटो पहिलाउन सक्नेछ। इतिहासको कालखन्ड्मा साम्राज्यवादले गरेको हर्कत र पुजिबादले गरेको असमानता ,शोषण लाई लात हान्दै अगाडि बध्नेछ। यो पुस्ता इतिहासमा माक्स देखि लिकन लेनिन देखि गान्धी माओ देखि मन्डेला सम्मलाइ बुज्न जरुरत देखिन्छ ।
हाम्रै इतिहासका बुद्ध र जनक देखि पृथ्वीनारायण ,पुस्पलाल , बिपि मदन पनि बुज्न जरुरत छ ।यो पुस्ताले निस्चय पनि नेपाली रास्टिय यकता ,अखण्डता ,र बिकासको लागि विभिन्न खालका मानसिकता तयार गरि लछ्य उन्मुख हुनेमा आशातित छौँ ।हाम्रो यो कान्छो पुस्ता लाई बिबिन्न चुनौती लाई सामना गर्न सक्नेछ।।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close