नेपालको सुरक्षा र परराष्ट्र नीति भारतलाई जिम्मा लगाउनु पर्छ भने ओलि राष्ट्रवादी हुन सक्दैन :- नेपाली काँग्रेस (वी. पी.)

काठमाडौ । नेपाली काँग्रेसले वि पि विचार छोडेर गणतन्त्र संघियता र धर्म निरपेक्षतामा गएको पार्टीका संस्थापक तथा सन्त नेता कृष्णप्रसाद भट्टराईलाई पार्टी छोड्न बाध्य पारेको भन्दै नेपाली काँग्रेसबाट अलग भएर स्थापना भएको पार्टीले आज आफ्नो केन्द्रिय कार्यलयमा महामन्त्री सुशीलमान सेरचनको संयोजकमा पत्रकार सम्मेलन गरेको छ ।
पत्रकार सम्मेलनमा पार्टीले लिम्पियाधुरा सम्मको नक्सा सार्वजनिक गरिनु स्वागत योग्य भएको बताएको छ । नक्सा सार्वजनिक गरेर प्रधानमन्त्रीले राष्ट्रवादिको विल्ला भिरेकोमा भने प्रश्न उठाएको छ । २०६४ सालमा गिरिजाप्रसाद कोइरालाको मन्त्री मण्डलमा परराष्ट्रमन्त्री रहेका बेलामा नेपालको सुरक्षा र परराष्ट्र नीति भारतलाई जिम्मा लगाउन प्रस्ताव लगेको कुरा अमित सेरचनले खुलासा गरेको भन्दै परराष्ट्रमन्त्री हुँदा त्यसो भने व्यक्ति प्रधानमन्त्री भए पछि कसरी राष्ट्रवादी भए शङ्खा लाग्छ भन्दै प्रश्न उठाएको छ ।
पार्टीले विश्वले अस्वीकार गरेको आर डि टि बन्द गर्न र पिसिआरलाई तिव्रता दिन, एमसिसि सम्झौतामा रहेको राष्ट्रघाती बुदा सम्सोधन गर्न तथा कुटनैतिक मर्यादा विपरीत भएको सम्झौतालाई कुटनैतिक मर्यादा अनुसार सम्झौता गर्न पनि माग गरेको छ । भ्रस्टाचार र अनियमित बन्द गर्न क्वारेन्टाइनलाई व्यस्थित गर्न पनि माग गरेको छ ।
पार्टीले भ्रष्टाचार, अनियमितता, राष्ट्रघाती कदमका विरुद्ध पटकपटक सरकारलाई सचेत गराउदै पनि सरकार र प्रतिपक्ष दल हातेमालो गरेर अगाडि बढेको भन्दै जनतालाई सचेतना जगाउदै उपत्यकाको विभिन्न स्थानमा कोणसभा गर्दै असार १७ गते निशेधित क्षेत्र वानेश्वर चोकमा प्रधानमन्त्री केपि शर्मा ओलि र प्रतिपक्ष दल तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सयुक्त पुत्ला दहन गर्दै पहिलो चरणको आन्दोलन समाप्त भएको र दोस्रो चरणको आन्दोलन घोषणा गर्ने पनि बताएको छ ।
पार्टीले अहिले आफ्नो संगठन २५ जिल्लामा रहेको र कोरोना जोखिम कम भए पछि थप १८ जिल्ला विस्तार हुने पनि जानकारी दिएको छ । पार्टीले आफ्नो भातृ संघ तथा सुभेक्षुक संघ पनि निर्माण भै सकेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close