फरार भयो देश बलात्कार गरेर-गजल(राजेस पौडेल )

के गलत गरियो प्रतीकर गरेर
फरार भयो देश बलात्कार गरेर।।
भनिन् प्रेमको सागरमा डुब्दै गर्दा
डुबेको मन उतार्छु चमत्कार गरेर ।।
दुर्गमलाइ सुगम बनाउन पर्दैन
भोट आउछ धेरै नमस्कार गरेर।।
बहाना त राम्रै रैछ थाहा भयो
झुक्यायो सबैलाई हाहाकार गरेर।।
जति जे गर्दा पनि केहि भएन
बाच्न असफल भइन पुकार गरेर।।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close