भाइरल बिषयमाथी काण्डै काण्ड

रमेश बन गोसाइँको पछिल्लो समय परिचय फेरिएको छ । उनी कलाकारबाट निर्देशनतिर मोडिएका छ्न । उनले निर्देशन गरेको काण्डै काण्ड सिरियल अहिले सामाजिक संजालमा रुचाइएको छ । जस्को कथा परिकल्पना चर्चित फिल्म निर्देशक राजबहादुर सानेले गरेका हुन । दर्शकलाइ थाहा भएकै कुरा हो निर्देशक साने सामाजिक बिषयबस्तुमा चोटिलो अभिव्यक्ति दिन सक्ने लेखक हुन । काण्डै काण्डमा सानेले सामाजिक सन्जालमा भाइरल बिषयदेखि समाजमा बिकृतीको रुपमा रहेको अरु बिषयलाई समेत समेटेका छ्न ।
यस सिरियलमा नेत्र बिष्ट, बिमला गुरुङ,कुमार के सि, सारा नेपाली,ज्याक गुरुङ्ग, दिपक जङ्ग शाही, पदम साउद शशी श्रेष्ठ, आरिफ सुनुवार आदीको अभिनय रहेको छ । सिरियलको निर्माण रोम इन्टरटेमेन्टले गरेको हो ।
निर्देशक बन भन्छन् हाम्रो सिरियलको उदेश्य समाजमा रहेको बिकृतिको भण्डाफोर गर्नु हो । सभ्य समाज निर्माण गर्न हाम्रो सधैं प्रयास रहन्छ । सभ्य समाजका लागि कलाको महत्त्वपूर्ण भुमिका हुन्छ । यो कुरालाई मध्यनजर गर्दै सिरियल सुरु भएको हो ।दर्शकहरुले अत्याधिक रुचाउनु भएको पनि छ ।हामी झन उत्साहित भएका छौ ।आगामी दिनमा झन नयाँ बिषयमा उत्कृष्ट रूपमा सिरियललाई अगाडि बढाउने छौ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close