


धुले कम्बल ओढेर तन
सुतेको देखे मेरो शहर
बर्षा को पानी उर्लेपछि
पस्रेको देखें मेरो शहर
हर मोडमा स्वयसंग
झस्केको देखें मेरो शहर।।
कहाली लाग्न थाल्यो मलाइ
रोएको देख्छु मेरो शहर।।



हल्ला हांसो भिडभाडमा
फंसेको देखें मेरो शहर ।।
बिकास भन्दै बिनासतिर
लम्केको देखें मेरो शहर
सिंहको चालमा स्यालले
कजेको देखें मेरो शहर।।
कहाली लाग्न थाल्यो मलाइ
रोएको देख्छु मेरो शहर।।
खोला जस्तै नालीसंग
मिसेको देखें मेरो शहर
सँस्कृति रितिरिवाजबाट
तर्केको देखें मेरो शहर
सत्य पछारी असत्यले
गांजेको देखें मेरो शहर
मृत्यु को आभाषले होला
टोलाको देखें मेरो शहर।।
कहाली लाग्न थाल्यो मलाइ
रोएको देख्छु मेरो शहर।।