बलत्कार प्रति मेरो धारणा

दिपिका तिमल्सिना 

अधिकांश महिला तथा ससाना नानीहरु आफ्नै घर परिवेश , छरछिमेक तथा विद्यालयका शिक्षकहरुबाट पीडित छन ।दिनानुदिन यौनजन्य दुर्व्यवहार तथा बलत्कार जस्ता घटनाहरु बढेको देख्दा यस धर्तीमा हामी जो छोरीको पहिचान लिएर जन्मियौ , हामीलाई हाम्रो आमाको गर्भभित्र मात्र सुरक्षा छ
।गर्भबाट बाहिर निस्किए पछि हामीलाई यस धर्तीमा कुनै ठाउँमा पनि सुरक्षा छैन ।

नेपालको परिबेशमा हेर्दा दैनिक ७जना महिला बलत्कृत हुदोरहेछन ।यहि बलत्कारको कुरा सम्सदमा हाम्रो गृहमन्त्री ज्यूले , खुब गौरबका साथ भन्नुहुन्छ “अझै आतिनु पर्ने अबस्था छैन”।ए!मन्त्री ज्यू तपाईलाइ आतिनु त किन पर्थ्यो र ? आतिनु त उसैलाई पर्छ जोजो नानीहरु अझै आमाको स्तन पान गर्दै आमाको काखमा लडिबुडी खेल्ने उमेरमा बलत्कृत हुनुपरेको छ ।

हुन त मैले यसो भन्न मिल्दैन थियो होला तर पनि सपोजको रुपमा भन्दै छु कि एकचोटी उनको छोरी वा श्रीमतीलाई कसैले बलत्कार गरेर हेरोस त अनि उनलाई यो केस सामान्य लाग्ला कि जटिल ?अनि बल्ल थाहा हुन्छ होला।

दिनानुदिन यो बलत्कारको समाचार सुनिरहदा मन असाध्यै चिसो भएर आउँछ ।यहा महिलालाई सुरक्षित ठाउँ छैन न ७०बर्षिय आमालाई छुट छ , न ७महिने बालिकालाई छुट छ न त १७ बर्षिय किशोरीलाई नै छुट छ ।छोटो कपडाले बलात्कारको केश बढायो रे ।ए बाबा! ७० बर्षको आमा र ७ महिने बालिकाले उत्तेजना बढाउने, आकर्षक कपडा लगाएका होलान र ?

बझाङकी १२ बर्षीय सम्झना कामी होस् या सप्तरीको १७ बर्षको सङ्गीता मण्डल होस् अथवा कञ्चनपुरकी निर्मला पन्त उनीहरुको दोषी अझै पत्ता लागेको छैन ।उनीहरुको मृत्य शरिरले शान्ति पाएको छैन। सडक तात्छ तर बिडम्बना सदन तात्दैन ।

अलिकति पनि सरम नमानी भन्छन “विश्व परिवेशमा हेर्दा चिन्तीत हुनुपर्ने अबस्था छैन “हो ठिकै भनेउ तिमीले तिमी ठुलो नेता हौ , मन्त्री हौ तिम्रो वरिपरि अङ्ग रक्षक हुन्छन्, तिमी महलमा बस्छौ , तिम्रो घरपरिवारको महिलाले यस्तो समस्या भोग्नुपरेको छैन तर यहा सबै तिमी जस्ता कहा छन र?गरिब जनता हामी ,अशिक्षित समाज,गिद्धे पुरुषले बास गर्ने ठाउमा बसेका हरेक हिसाबले पिछडिएको बर्ग हौ हामी ।

घरबाट बजार निर्केकी छोरी भरे सुरक्षित फर्किन्छे कि फराकिन्न , गोठालो गएकी छोरी सुरक्षित फर्किन्छे कि फर्किन्न , साथीसँग खेल्न गएकी सानी ३,४ बर्षको छोरी सुरक्षित फर्किन्छेकि फर्किन र त्यति मात्र नभएर बिद्यालयमा गएकी छोरी सुरक्षित आउछे कि आउदिन यहि कुराले छोरी घर नफर्कुन्जेल पिरोल्छ आमालाई ।

यस बर्ष तथ्याङ्क आउन बाँकी रहेकाले मैले गत बर्षको तथ्यांक हेरेको थिए।आर्थिक वर्ष २०७५\७६ लाई हेर्दा २२३३ जना महिला बलत्कृत भएका रहेछन ।दर्ता भएका त यति रहेछन भने दर्ता हुन बाकी भित्र भित्रै लुकेका घटनाहरु त आझै कति होलान् कति ।

बलत्कारी पुरुषलाई उसको लिङ्ग छेदन गर्ने वा मृत्यु दण्ड दिने प्रस्ताव धेरै सुने तर मलाई लाग्छ सबै केशमा पुरुषमात्र दोषी हुदैनन ।पुरुषलाई बलत्कार गर्ने महिला पनि हुन सक्छन्, त्यतिबेला चाहि त्यो महिलाको के छेदन गर्ने होला त?मलाइ जहा सम्म लाग्छ कसैको बाच्न पाउने अधिकार हनन् गर्दै मृत्यु दण्ड जस्तो सजाय त्यति उपयुक्त हुदैन ।यसको मतलब अपराधीलाई छुट दिने भनेको पटक्कै होइन ।

अहिले हामी बैज्ञानिक युगमा उभिएका छौ ।बिज्ञानले धैरै ठुलाठुला चमत्कारहरु गरिसके ।त्यसैले हामीले पनि त्यस अपराधीलाई बैज्ञानिक तवरले कारबाही गर्नुपर्छ ।यदि हामीले त्यस अपराधीलाई केमिकल क्यास्ट्रेसनको सजाय ब्यबस्था गरेर बलत्कारीको यौन उत्तेजनालाई पुर्ण रुपमा निष्क्रिय पार्ने ब्यबस्था सजाय स्वरुप लागु गरियो भने, यस्ता नरपिचाशहरु मासिन्थे कि ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close