रुसले बनाएको कोरोनाको भ्याक्सिन दुई दिनभित्र सार्वजनिक प्रयोगका लागि अनुमोदन हुने

एजेन्सी । रुसले विकास गरेको कोरोना भाइरसको भ्याक्सिन अबको दुई दिनभित्र सार्वजनिक प्रयोगका लागि अनुमोदन हुने भएको छ । मस्कोस्थित गामलियाले विकास गरेको भ्याक्सिन अनुमोदित भएमा यो सार्वजनिक प्रयोगमा आउने विश्वकै पहिलो कोरोना भ्याक्सिन हुनेछ।

रुसले रक्षा मन्त्रालयसँगको सहकार्यमा भ्याक्सिन परीक्षणमा सफल भएको छ । तीन चरणको परीक्षणपछि भ्याक्सिनलाई अनुमोदनका लागि पठाइएको हो । आगामी महिना रुसी जनतामा भ्याक्सिनको प्रयोग हुनेछ । रुसले आफ्ना जनताका लागि अक्टोबरमा भ्याक्सिन प्रयोगमा ल्याउने भएको छ ।

अमेरिकाको मोर्डना, युरोपको अक्सफोर्ड एस्ट्राजेनिका, पिफाइजरसहित छवटा भ्याक्सिन तेस्रो चरणको मानव परीक्षणको क्रममा छन् । विश्वभर २३ वटा भ्याक्सिन क्लिनिकल ट्रायलको चरणमा छन् । १६० भ्याक्सिन विकासको क्रममा रहेको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close