प्रिमियर लिग च्याम्पियन लिभरपुल र बर्नली बराबरीमा रोकिए

२८ असार, काठमाडौं । प्रिमियर लिग च्याम्पियन लिभरपुल पछिल्लो खेलमा बर्नलीसँग १-१ को बराबरीमा रोकिएको छ । घरेलु मैदान एनफिल्डमा शनिवार भएको खेलको ३४औं मिनेटमा एन्ड्रु रोवर्टसनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ६९औं मिनेटमा जे रोड्रिगेजले बर्नलीका लागि बराबरी गोल फर्काए ।

बराबरीपछि ३५ खेलबाट च्याम्पियन लिभरपुलले ९३ अंक जोडेको छ । समान खेलबाट ५० अंक जोडेको बर्नली नवौं स्थानमा उक्लेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close