‘सडक–२’ को ट्रेलरको खराब किर्तीमान : लाईक भन्दा डिस्लाइक धेरै

सडक–२’ को ट्रेलरले भारतीय चलचित्रमा ‘डिस्लाइक’को रेर्कड तोडेको छ। महेश भट्टद्वारा निर्देशित ‘सडक–२’ लाई सन् १९९१ मा रिलिज भएको ‘सडक’को सिक्वेलको रुपमा लिइएको छ।

उक्त चलचित्रमा निर्देशक भट्टले दुई छोरी आलिया भट्ट र पूजा भट्टलाई स्थान दिएका छन्। आलिया र पूजासँगै सो चलचित्रमा चर्चित अभिनेता सञ्जय दत्त र आदित्य रोय कपुरले पनि अभिनय गरेका छन्।

बलिउडमा नातावाद हावी भएकै कारण आलियाले ‘सडक–२’ अभिनयको मौका पाएको आरोप लाग्ने गरेको छ। सुशान्तसिंह राजपुतको निधनपछि बलिउडमा नातावादको कुराले निकै चर्चा पाएको हो।

पछिल्लो समय आलिया, करण जोहर, सलमान खानलगायतलाई नातावादको आरोप लाग्ने गरेको छ। चर्चित अभिनेत्री कङ्गनाले यी तीनै जनाले नातावादको नचाहिँदो फाइदा लिएको आरोप लगाएकी थिइन्।

त्यसो त भारतीय चलचित्र उद्योगमा नातावाद कुनै नयाँ कुरा होइन्। बलिउडमा नातावाद हावी भएकै कारण नयाँ र प्रतिभावान कलाकारले ठाउँ पाउन छोडेका छन्। यही प्रवृतीबाट दिक्क भएर केही समय अघि सुशान्तसिंह राजपूतले आत्महत्या गरेका थिए।

‘सडक–२’ अगस्त २८ मा रिलिज हुँदैछ। पछिल्लो २४ घन्टामा यसको ट्रेलर १ करोड ५२ लाखभन्दा बढी पटक हेरिएको छ। २ लाख ५८ हजार लाइक पाएको सो ट्रेलरले ४५ लाखभन्दा बढी डिस्लाइक पाएको छ।

लाइक भन्दा डिसलाइक बढी पाएको ‘सडक–२’ को हालको अवस्थालाई हेर्ने हो भने अब भारतीय चलचित्र उद्योगमा नातावादबारे सोच्नुपर्ने बेला आइसकेको छ। यसले चलचित्रको ब्यापार चौपट हुने देखिन्छ। तर यो सबै कुराको लेखाजोखाका लागि भने केही समय पर्खिनैपर्ने हुन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close