


बालकैमा बाऊ बित्नु पनि उस्को तकदिर थियो!!
र पो बिहेको भोजमा खसि थिएन पनिर थियो !!
खुट्टा अडकाउनु अघि छिडीले पनि विचार गर्नुपर्थ्यो,
ऊ जुवामा घरबारि हारेर आएको फकिर थियो !!



कसिंगर नभए कुचोको कुनै काम छैन् सुन –
फोहोरको गाडी छुट्यो भित्तामा उनको तष्विर थियो!!
धोका खाएकाहरु धोका अघिको प्यार बिर्सन्छन्,
तिमी थिएनौ मेरो प्यारको साक्षी मन्दिर थियो !!
दुध पिउन नपाएका र नजान्नेहरु रक्सि पिउछन् ,
मदोहोशीले आखाॅं देख्दैन पैताला अगाडी भिर थियो!!
“खुट्टा अडकाउनु अगि छिडिले पनि बिचार गर्नु पर्थ्यो” गजलका सर्जक हुनुहुन्छ वसन्त भट्ट