नेकपामा बिबाद समाधान गर्न कार्यदल गठन, कोको छन त कार्यदलमा ?

काठमाडौं। लामो समयदेखि जारी रहेको सत्तारुढ दल नेकपाभित्रको विवाद समाधान उम्मुख भएको छ। दुई अध्यक्षबीच विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएसँगै नेकपाभित्रको विवाद समाधान उन्मुख भएको हो।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार भएको दुई अध्यक्षक बीचको छलफलमा विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको एक नेताले जानकारी दिए।

कार्यदलमा महासचिव विष्णु पौडेलसहित जर्नादन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close