अर्थ / रोजगार

अग्रज फुड्सको उत्कृष्ट उत्पादन,‌ PICNIC ब्रान्डको Potato Cracker बजारमा लन्च

काठमाडौँ। बिगत ६/७ वर्ष देखी नेपाली बजार र आमउपभोक्ता माझ अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय PICNIC ब्रान्डको बदाम,दालमोठ,नमकिन,भुजिया उत्पादन गरिरहेको तारकेस्वर नगरपालिका वडा न ०३ मा अवस्थित अग्रज फुड्स प्रा.लि ले आज देखि नेपाली ग्राहकहरूको स्वादलाई मध्यनजर गरि अन्तर्राष्ट्रिय स्तरकै PICNIC ब्रान्डको Potato Cracker नेपाली बजारमा प्रति प्याकेट मात्र २० रुपैँयामा लन्च गरेको छ ।
यस उत्पादनले फरक स्वादको स्न्याक्सको प्रतीक्षा गरिरहेका नेपाली आमउपभोक्ता लाभान्वित हुने कुरामा जोड दिन्छन् युवा उद्यमी कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक विनय कुमार पौडेल। निकट भबिस्यमा नेपाली आम उपभोक्ता माझ अझ विभिन्न नयाँ नयाँ उत्पादन गरेर विदेशी आयातीत उत्पादनलाई विस्थापन गर्ने कम्पनीको योजना रहेको छ । साथै यस कम्पनीलाई कुनै सल्लाह सुझाव भए कम्पनीको इमेलमा [email protected] लेखी सुचित गराउनु हुन पनि अग्रज फुड्स प्रा.लि आग्रह गर्दछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close