एमसीसी (MCC) सम्झौताले राष्ट्रिय हीत गराँउछ – प्रम ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मिलेनियम च्यालेञ्ज (एमसीसी) कम्प्याक्ट सम्झौताबारे थप स्पष्ट पारिएको छ । नेकपाले सोमबार जारी गरेको आन्तरिक सर्कुलरमा अमेरिकासँग त्यस्तो सम्झौता गर्दा राष्ट्रिय हीतलाई प्राथमिकतामा राखिने कार्यकर्तालाई स्पष्ट पारिएको छ ।

‘नेपाल सरकार र अमेरिकी सरकारको संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेशन बीच सन् २०१७ मा सम्पन्न भएको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता यतिबेला संसदमा अनुमोदनको लागि विचाराधीन अवस्थामा छ ।

उक्त सम्झौताका सम्बन्धमा निर्णयमा पुग्नु अघि आवश्यक अध्ययन गरी सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्न केन्द्रीय कमिटीको दोस्रो बैठकबाट कार्यदल गठन गरिएको थियो । कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गरिसकेको छ ।

मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता र सो सम्बन्धी कार्यदलको प्रतिवेदन उपर स्थायी कमिटी र सचिवालयमा छलफल गरिन्छ । उक्त सम्झौतालाई राष्ट्रिय हीतमा स्पष्ट पार्दै आवश्यकता अनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गरिन्छ ।’ सर्कुलरमा भनिएको छ ।

नेकपाभित्र एमसीसीको विषयमा चर्को विवाद रहँदै आएको छ । विवादकै कारण लामो समययता एमसीसीको विषय संसदमा विचाराधीन अवस्थामा रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close