बागबजारमा किन भयो ओलि र देउवाको श्राद्व फोटो र भिडियो सहित

काठमाडौ । नेपाली काँग्रेस ( वी पी) ले मंगलबार बागबजार स्थित पद्यम कन्या क्याम्पस गेटमा प्रधानमन्त्री के पि ओलि र प्रमुख प्रतिपक्ष दलको नेता शेरबहादुर देउवाको श्राद्व सम्पन्न गरेको छ । उक्त श्राद्वको कार्यक्रम प्रहरीले धर्पकड र पानीको पोहोरा प्रयोग गर्दा पार्टीका महामन्त्री तथा पुर्व मन्त्री सुशीलमान सेरचन र पुष्पराज पराजुली सहमहामन्त्री तथा प्रवक्ता देवेन्द्र प्रकाश पौडेल केन्द्रिय सदस्य विष्णु प्रसाद ढकाल रिषभ भट्टराई नेविसंघ महामन्त्री विकाश पाण्डे तथा सदस्यहरु कुशल श्रेष्ठ धादिङ विशाल लिम्बु धनकुटा आन्दोनलमा ऎक्यबद्धता जनाउन आउनुहुने राष्ट्रवादी अभियान्ता मानव सेवक नेकपा माओमादी सर्वहाराका भावना बिद्रोही लगाएत दर्जनौ बढि नेताकार्यकर्ताहरु घाइते भएको पार्टीले जनाएको छ ।
पार्टी कार्यलयका सचीव सुशीलराज वाग्ले एक विज्ञप्ति जारि गर्दै घाइतेहरुलाई उपचारको लागि बिभिन्न अस्पताल लगिएको जानकारी दिए । पार्टी घाइतेहरुको शिघ्र स्वास्थ लाभको कामना सहित शान्तिपुर्ण आन्दोलनमा प्रहरिले गरेको दमन प्रति घोर निन्दा गरेको छ |

अपिल

आदरिय जनसमुदायहरु,

जय नेपाल वी पी !

नेपाली काँग्रेस (वी.पी.) पार्टीले झन्डै दुई तिहाई वर्तमान नेकपा सरकारद्वारा संविधान कानुन भन्दा माथि उठी गैर-संवैधानिक क्रियाकलापहरु तथा भष्ट्राचारको सिमा पराकाष्ठ नागे तापनि प्रमुखप्रतिपक्ष नेपाली काँग्रेस पार्टी मौन रही हरेक भष्ट्राचारमा सत्तापक्ष तथा प्रमुखप्रतिपक्ष मिलि गर्ने गरेको नेपाली उखान “एकै सिक्काको दुई पाटा” भएको नेपाली काँग्रेस (वी. पी.) पार्टीले ठहर गरी गत २०७७ साल असार महिना १७ गते नयाँ बानेश्वर निषेधित क्षेत्रमा सम्माननीय प्रधानमन्त्री तथा प्रमुखप्रतिपक्ष दलका नेताको पुत्ला दहन कार्यक्रम संम्पन्न गरेको थियो | तशर्थ : सोह्र श्राद्व भित्र श्राद्व गर्नु पर्ने बाह्रमणहरुको सल्लाह अनुसार यी भष्ट्राचारीहरुका पुत्ला दहन गरे पछी नेपाली काँग्रेस (वी.पी.) पार्टीको धर्म हुन जान्छ कि अब उप्रान्त जनताहरुले आउने निर्वाचनमा यस्ता ठुला पार्टी भन्ने नेकपा र काँग्रेस लाई जनताले बहिस्कार गरियोस तथा यस्ता लोभीपापी भ्रस्टहरुका आत्मा पिचास नबनुन् भनि श्राद्वको कार्यक्रमा समपन्न गरीयो |

हाम्रो मागहरु

. निर्मला बलात्कार हत्यारालाई कारबाही कहिँ सम्म हुन्छ सरकार ?

. WIDE BODY  काण्ड का अपराधीहरुलाई कहिले सम्म समाती कारबाही गरीन्छ सरकार ???

. सुन काण्ड कता हरायो सरकार ???

. रेलवेट्राकबेड किन टेण्डर गरीयो फेरी के कति कारणले  टेण्डर खारेजी गरीयो सरकार ???

. बिधुत प्राधिकरणका पूर्व. महानिर्देशक कुलमाना घिसिंङ ज्यू, जसले नेपाली जनतालाई अन्धकार बाट मुक्त गरे साथै विधुत प्राधिकरणलाई अर्बौ नाफा बनाए निजको कार्यकाल समाप्त भएको अबस्थामा जनता चाहान्छ कुल मान घिसिंङ ज्युलाई नै पूर्ण. महा निर्देशक पदमा नियुक्ति गरीयोस भनि माग गर्दछ, शुभ समाचार कहिले सुन्न पाउछौ सरकार ???

. MCC अमेरीकी परियोजना नेपालका निमित्त सहयोग हो भने  बिना शर्त सम्झौता G to G  सम्झौता गरीयोस, शर्त सहितको MCC  अमेरीकी परियोजना नेपाललाई चाहिदैन सरकार ???

. राष्ट्रका ढुकुटी बाट झलकनाथ खनाल स्वास्थ बिज्ञान प्रतिष्ठान लाई १ अर्ब ३२ करोड सर्प पालनका निमित्त दिएका रकम तुरुन्तै राष्ट्र ढुकुटीमा फिर्ता गरियोस सरकार ???

. “एन्टी स्नेक भेनम” अनुसन्धन तथा उत्पादन गर्ने ल्याब (प्रशोधन केन्द्र) कहाँ छ सरकार ???

. नेपाल आयल निगम लगायत विभिन्न सरकारी संस्थानहरुमा खडा गरीएका कोषहरू तुरुन्तै खारेजी गरि जनतालाई शुलभ दरमा सेवा दियोस सरकार ???

. अख्तियार दुरुपयोग अनुशन्धान आयोगले के कति कारणले नेपाल आयल निगमका पुर्ब. महानिर्देशक खड्काले चर्को मुल्यमा खरीद गरेका  जग्गा {भ्रष्ट्रचार} सम्बन्धको फाईल तामेलीमा राखियो सरकार ???

. कोरोना, कोभिड-१९ रोकथाम तथा ब्यबस्थापनमामा खर्च गरिएको भनिएको रकम स्वास्थ सामाग्री खरीद, स्वास्थाकर्मिहरु, कर्मचारीहरु, राष्ट्र सेबक जनपथ, सशस्त्र प्रहरी तथा सेनाका सुरक्षा निमित्त खर्च नगरी के मा खर्च गरियो सरकार ???

. स्वास्थाकर्मिहरु, कर्मचारीहरु, राष्ट्र सेबक जनपथ, सशस्त्र प्रहरी तथा सेनाका सुरक्षा निमित्त हाल सम्म  घोषणा भत्ता वितरण खै सरकार ???

. क्वारेन्टाइनमा बलात्कार हुन्छ बिजुलीको करेन्ट लागेर ज्यान गुमाउनु पर्छ कोरोनाको नाममा अर्बौ रकम के मा खर्च गरियो सरकार ???

. बालिनालीमा किसानले प्रयोग गर्ने बेलामा मल कता हरायो सरकार ???

. विद्यार्थीहरुको भविष्य के हुन्छ सरकार ???

. गंगामायाले न्याय कहिले पाउछ सरकार र ऊहाँको छोरा नुरप्रसाद अधिकारिको कहिले रिहाई हुन्छ सरकार ???

. डाक्टर गोबिन्द के. सी. लाई पटकपटक अनशन बस्नबाट कहिले अन्त हुन्छ सरकार ???

. वैदेशिक कल्याणकारी कोष कता गयो र आज वैदेशिक रोजगारीमा गई अलपत्रमा परेकाले चर्को मुल्य तिरि स्वदेश आउनु पर्यो सरकार ???

. कोरोना रोकथामको बहानामा लकडाउन र निशेधाज्ञा लागु गरेको ६ महिना पुगी ७ महिना लाग्न लाग्यो सरकार जनता रोगले भन्दा भोकले मर्दै छन्, जनता मानसिक चिन्तामा गई आत्महत्या गर्दै छन् तशर्थ : अर्ध लकडाउन र निशेधाज्ञा होइन पुर्णरुपमा बजार खोलियोस, मजदुरहरुलाई काम गर्ने व्यस्था मिलाईयोस विद्यार्थीहरु पठनपाठन जाने व्यस्था गरियोस सरकार ???

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close