सिन्धुपाल्चोकको राच्चे केन्द्र बिन्दु बनाएर गयो ६ रेक्टरको भूकम्प

काठमाडौं । बुधबार बिहान गएको ठूलो भूकम्पको धक्काको केन्द्र बिन्दु सिन्धुपाल्चोकको राम्चे रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का ६ रेक्टर स्केलको आएको समेत जनाइएको छ ।
लामो समयपछि यति ठूलो रेक्टर स्केलको भूकम्प आएको हो ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित वरिपरिका जिल्लाहरुमा महसुस गरिएको छ ।
यसले केन्द्रबिन्दू वरिपरि क्षति पारेको हुनसक्ने अनुमान गरिए पनि थप विवरण प्राप्त भएको छैन ।
बिहानै गएको धक्काले कतिपय मानिसहरु बिस्तारामै रहेकाले आत्तिएर बिस्ताराबाटै चिच्याएका थिए ।
केही समयसम्म निरन्तर हल्लाइरहेकाले स्थानीयहरु फेरि हल्लाउन सक्ने भन्दै बाहिर निस्केका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close