अबिनाश पण्डितको ” भोक” शिर्षकको कविता

भोक

अाखामा थियाेबाटाे मनमा थियाे गाँउ

भएन पुरा बाटाे थाकिसके पाउ

भाेक माथि रहेकाेछ बाेझ भाेककै

संघर्षकाे गन्तव्य दुइछाक खानानै

अाैजार थियाे हात उसकाे

पुजी जम्मा मुल्य पसिनाकाे

अाज थन्किएका हात हल्लाउदै

घर पुग्ने अाशा बाेक्दै

उ उर्जावान श्रमिक हिडिरहेछ

लाचारीकाे साथमा बटुवाकाे भेषमा

भाेली नभए पर्सि पुग्छु

गित गाँउदै पसिनाले नुहाउदै

जाँदैछ उ अाफ्नाे देशमा

भाेकै नमर्ने अाशमा ।।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close