सुशान्तको मृ’त्युमा हात रहेको भन्दै सलमान खानविरुद्ध मुद्दा दर्ता

एजेन्सी। बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्मह’त्या गरेपछि त्यसको कारण खोजी भैरहेको छ ।
उनलाई पछिल्लो समय कुनै पनि फिल्ममा काम नमिलिरहेको कारणले डिप्रेशनको शिकार भएर ज्यान त्यागेको हुन सक्ने जानकारहरु बताउछन् ।

पछिल्लो समय सुशान्तलाई बलिउडका ठुला निर्माताहरुले काम दिन अस्विकार गरिरहेका थिए । जसको कारण उनी डिप्रेसनको सिकार भएको हुन सक्ने अनुमान छ।

केहि बलिउड हस्तीहरुले गर्दा उनको मृत्यु भएको भन्दै विभिन्न कारणहरु पनि खोजी भैरहेका छन । केही चर्चीत कलाकारहरुलाइ समेत दोषी भन्दै मुजफ्फपुरमा मुख्य न्यायिक दण्डाधिकारी मुकेश कुमारको कोर्टमा आज मुद्दा दर्ता गरिएको छ ।

उनको मृत्युको कारण अभिनेता सलमान खान, आदित्य चोपडा, साजिद नाडियावाला, सञ्जय लीला भन्साली, एकता कपूर, दिनेश विजन, भूषण कुमारलाई आरोप लगाईएको छ । कतिपय ठाउँमा त सुशान्तका समर्थक हरुले करण जौहर र सलमान खानको पुत्ला समेत जलाएको समाचार बाहिर आएको छ । यस मुद्दाको सुनुवाइ ३ जुलाइमा हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close