मठ मन्दिर खोल्न माग नखोले आफै खोल्ने चेतावनी डा. केसीको अनसनमा ऐक्यबद्धता :- काँग्रेस (वी पी)

१ असोज, काठमाडौं । नेपाली काँग्रेस (वी पी)ले निषेधाज्ञाका कारण बन्द रहेका मठ मन्दिर खोल्न माग गरेको छ । आफ्नो धार्मिक आस्थाका भक्तजनले मन्दिरमा पूजा गर्न नपाउनु दुःखद भएको भन्दै काँग्रेस (वी पी)ले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर भएपनि भक्तजनलाई पूजा आजा गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो । काँग्रेस (वी पी) पार्टीका कार्यालय सचिव सुशिलराज वाग्लेले विज्ञप्ती जारी गर्दै सरकारले मन्दिरमा पूजाको व्यवस्था नमिलाए पार्टीले बाध्य भएर मन्दिरका ढोकाहरु खुल्ला गराउने चेतावनी दिएका छन । साथै आज पशुपतिमा भएको विरोधमा एक्यवद्धता जनाउँदै घाइतेहरुको शिघ्र स्वास्थ लाभको पनि कामना गरेको छ ।
यस्तै नेपाली काँग्रेस (वी पी)ले डा.गोविन्द केसीको अनसनमा ऐक्यबद्धता पनि जनाएको छ । डा.केसीले जनताको माग उठाएकाले उनका माग तत्काल पूरा गर्न नेपाली कांग्रेस बीपीले माग गरेको हो ।

काँग्रेस (वी पी)का कार्यालय सचिव सुशिलराज वाग्लेले विज्ञप्ती जारी गर्दै डा.केसीको मागमा पार्टीको समर्थन रहेको जनाएका हुन् । डा.केसीका माग सम्बोधन गरेर आगामी दिनमा अनसन बस्ने अवस्थाको अन्त्य गर्न पनि नेपाली काँग्रेस (वी पी)ले सरकारसँग माग गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close