जेष्ठ सदस्यको सभापतित्वमा माइतीघरमा नेपाली काँग्रेस (वी पी) विरोध सभा

कात्तिक २, काठमाडौ । नेपाली काँग्रेस (वी पी) ले सरकारका जनविरोधी क्रियाकलापका तथा भ्रष्टाचार र प्रतिपक्ष दलको मौनताको विरोधमा शुक्रबार काठमाडौको माइतीघरमा पार्टी सभापति हरिबोल भट्टराई अस्वस्थ भै उपस्तिथ हुन नस्कनु भए पछि पार्टीका जेष्ठ केन्द्रिय सदस्य ८३ बर्षिय विष्णुप्रसाद ढकालको सभापतित्वमा मैन बत्ति जूलूस र विरोध सभा गरि विभिन्न माग राखेको छ ।
उसका मागहरू
१. सरकारका जनविरोधी क्रियाकलापका तथा भ्रष्टाचार र प्रतिपक्ष दलको मौनताको विरोध गर्न |
२. निर्मला पन्त, सम्झना कामि लगायत मुलुकमा भएका बलात्कार र बलात्कार पछी हत्याका श्रृखंला अन्त्य गर्न दोषी पत्ता लगाई हदै सम्मको कारबाहीको माग गर्न |
३. कुलमान घिसिङलाई पुर्न विद्युत प्राधिकरणको निर्देशमा नियुक्तिको माग गर्न |
४. लिपुलेक, लिम्पियाधुरा र कालापानी समेत समेटिएको नक्सालाई अन्तिमरुप दिन भारतसँग अभिलम्ब वार्ता यदि वार्ता हुन नसके अन्तराष्ट्रिय करणको माग गर्न |
५. हुम्ला लगाएत भारत र चिनसँग जोडिएका सिमासम्बधी विवाद समाधानका लागि अभिलम्ब छिमेकी मित्र राष्ट्रसँग संवादको माग गर्न |
६. गैरकानुनी ढंगले अंगिकृत नागरिकता वितरण भएकोले अंगिकृत नागरिकता छानबिन आयोग गठन गरि गैरकानुनी नागरिकता खारेजको माग गर्न |
७. मुलुकमा भएको भ्रष्टाचार (वाइडबाडी, एनसेल, ३३ किलो सुन, ललिता निवास, ओम्नी, यति होल्डीङस लगाएत) र सरकारका जनविरोधी क्रियाकलापका विरुद्व राष्ट्रव्यापी आन्दोलन घोषणाको सुरुवात गर्न |
८. नेपाल सरकारले डा. गोबिन्द के. सी. सँग १९ औं पटक गरेको संझौतालाई पूर्णरुपमा कार्यान्वयन गरि अब अनशन बस्नुपर्ने बाध्यताको अन्त्यको माग गर्न |
९. विगत ९ बर्ष देखि अनशनरत्त गंगामाया अधिकारीको माग सम्बोधन गर्न र उनका छोरा नुरप्रसाद अधिकारीलाई रिहाईको माग गर्न |
१०. २०७२ सालको संविधान अनुसार भएको आम-निर्वाचनमा पराजित नेताहरुलाई चोर बाटो प्रयोग गरि राष्ट्रिय सभामा लागिएकोले सम्माननीय सर्वोच्च अदालतमा दायार भएको मुद्दालाई संविधानको मूल मर्म सहिरुपमा व्याख्या गर्न ध्यानाकर्षणको माग गर्न |
११. वेपत्ता तथा सत्यनिरुपण मेलमिलाप आयोग अभिलम्ब गठनको माग गर्न |
१२. भूकम्प र बाढी पहिरो पीडितहरुलाई दिन छुट्याइएको राहात रकम अभिलम्ब वितरणको माग गर्न |
१३. कोरोना संक्रमणको नाममा भएको तिनै तहका सरकारको आम्दानी र खर्च विवरण सार्वजनिकको माग गर्न
१४. धार्मिकस्थलहरु अभिलम्ब खुल्लाको माग गर्न |
१५. २०४६ साल पछिको प्रधानमन्त्री, मन्त्रि र उच्चपदस्थ कर्मचारीको सम्पति छानबिन आयोग गठनको माग गर्न |

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close