सुपरस्टार अमिर खानबारे केही रोचक तथ्यहरु

काठमाडौं । ‘मिस्टर परफेक्शनिस्ट’ को नामले परिचित बलिउडका अभिनेता आमिर खान प्रायः फिल्ममा आफ्ना शर्तहरु अगाडि राखेर मात्रै काम गर्ने गर्छन् । बिशेशत यसै कारणले पनि उनी वर्षमा एक पटक मात्रै काम गर्ने गर्छन् । उनका बारेमा १० रोचक तथ्यहरु जानौँ ।

आमिर खानका १० रोचक तथ्यः

१. आमिर फिल्ममा अभिनेताको रुपमा काम गर्नुभन्दा पहिले निर्देशक थिए । आमिरले आफ्ना काका नासिर हुसैनसँग तीन वर्षसम्म एक फिल्ममा निर्देशन गरेका थिए ।

२. आमिर खान एक मात्र यस्ता अभिनेता हुन् जसले म्याडम तुसाद म्यूजियममा आफ्नो मैनको पुतला बनाउन इन्कार गरेका थिए ।

३. आमिर खानले हरेक वर्ष कुनै न कुनै सामाजिक विषयवस्तुमा आधारित फिल्म गर्ने गरेका छन् । जसका कारण उनलाई हरेक पटक उनका परिवार र साथीभाईले निकै गाली गर्ने गर्छन् । आमिर खानले गरेको फिल्मको कथावस्तु खासै नचल्ने खालका हुन्छन् तर उनले यति मेहनत गर्छन् कि फिल्म ब्लकबस्टर बन्छ ।

४. आमिरले बलिउडमा ‘कयामत से कयामत’ बाट डेब्यू गरेका थिए । यो फिल्म १९८८ मा रिलीज भएको थियो । यो फिल्म निकै चर्चामा रह्यो । फिल्मको प्रमोशनका लागि आमिरले हातमा पोस्टर टाँसेका थिए ।

५. आमिर खान टेनिस खेलाडी पनि हुन् । उनी एकपटक राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भइसकेका छन ।

६. आमिरले बालकलाकारको रुपमा पनि काम गरिसकेका छन् । उनका काका नसिरको फिल्म ‘यादों की बारात’ मा उनले बाल कलाकारको रुपमा काम गरेका थिए । उक्त फिल्म १९७३ मा रिलीज भएको थियो ।

७. फिल्ममा डेब्यू गर्नुअघि आमिरले १९८४ मा स–साना भूमिका निभाएका थिए । उक्त फिल्मको नाम ‘होली’ थियो ।

८.आमिर खान सन् २०१३ मा टाइम म्यागाजिकले सार्वजनिक गरेको संसारका १० प्रभावशाली व्यक्तिको सूचीमा समेत समावेश भएका थिए ।

९. आफ्ना भतिजा इमरान खानलाई डेब्यू गराउन आमिर खानले फिल्म ‘जाने तु…या जाने न’ को निर्माण गरेका थिए । यो फिल्म दर्शकहरुले निकै मन पराएका थिए ।

१०. आमिर खान आफ्नो फिल्मले मनोरञ्जन सँगसँगै समाजमा केही सन्देश पनि दिने गर्छन् । उनलाई २००३ मा पद्यश्री र २०१० मा पद्य भूषणबाट पुरस्कृत गरिएको थियो ।
एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close