संविधान दिवसमा मसाल जुलुस प्रर्दशन र बत्ति बन्द गर्ने काँग्रेस कुन ?

४ असोज, काठमाडौं । सरकारले तामझामपूर्वक टुडिखेलमा संविधान दिवस मनाईरहँदा काठमाडौं कै कलंकी क्षेत्रमा भने संविधानबिरुद्ध मसालजुलुस प्रर्दशन भएको छ ।
नेपाली कांग्रेसले वी पी विचार छोडेको २०६२/६३ को जन आन्दोलनको भावना विपरीत गएर धर्म निरपेक्षता, गणतन्त्र र संघियतामा गएको भन्दै गत प्रतिनिधि र प्रदेश सभाको पुर्व सन्ध्यामा नेपाली कांग्रेसबाट अलग भै स्थापना भएको नेपाली कांग्रेस (वी पी) पार्टीले संविधान दिवसको दिन मसाल जुलुस तथा साझ ७ बजे बाट ७:०५ सम्म बत्ति बन्द गरि संविधान दिवसको बिरोध गरेको छ ।
आयातित संविधानले विश्व कै एकमात्र हिन्दु राष्ट्रलाई नेपाललाई धर्मनिरपेक्ष बनाएको भन्दै बिरोध स्वरुप मसालजुलुस गरिएको नेपाली कांग्रेस बीपीले जनाएको छ ।
गणतान्त्रिक संविधानलाई जनताले नरुचाएको तथा धर्म निरपेक्षता र संघीयता आवश्यक नभएको भन्दै हिजो दिउँसो मसालजुलुस प्रदर्शन गर्ने क्रममा प्रहरीले सो पार्टीका दर्जनौं नेता तथा कार्यकर्ता पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा पार्टीका केन्द्रीय सदस्य रिषभ भट्टराई, तरुण दलका केन्द्रीय अध्यक्ष प्रधुम्न कार्की तथा सदस्यहरु जीवन केसी, मानव लामा, राधा खड्का गिरि, राजकुमार तामाङ लगाएतका थिए ।
सो बिरोध कार्यक्रममा नेपाली कांग्रेस बीपी जिन्दावाद ! कुलमान घिसिङलाई पुर्ननियुक्ति गर ! एमसीसी खारेज गर, संघीय गणतान्त्रिक संविधान चाईदैन जस्ता नाराहरु लागेका थिए । पक्राउ पर्नेहरु हाल रिहाई भै सकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close