त्यसपछि लकडाउन तोडे मैले – रसुवाली कबि

रेडियोमा सुनेको हु
दिनको तीनपटक धुनुपर्छ हात
सफा राख्नुपर्छ नाक
छिर्न दिनु हुन्न धुलो आँखामा
अपसोच मसग थिएन साबुन

पढेको हु
खानुपर्छ मिठा कुरा
पटकपटक गरिरहनुपर्छ भोजन
हुनुपर्छ शरीरमा रोग प्रतिरोधात्मक क्षमता
अपसोच
सिद्दिएको थियोे ग्यास
रित्तै थियोे चामलको बोरा
सिसिमा थिएन अचार

क्वारेन्टाइनमा बस्दा
कोरोनालाइ मानव जातिले जित्ने
प्रधानमन्त्रीको भाषण होस
वा अनेकौं कोरोना शास्त्रीय
लकडाउन प्रबचन
सुनेकै हु
कान फुटने गरि

मानव जातिलाई बचाउने लडाइँमा
आफै सहिद बन्न आटेपछी
निस्केको हु सडकमा
र थालेको हु पुर्ब पश्चिमको यात्रा

अब घरबाट शहर फर्किदा
ल्याउनपर्ने भो हतियार पनि

जुनसुकै बेला हुन हुन सक्छ
हामी माथी घात

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close