सरकार तानाशाही प्रवृत्तिले अगाडि बढयो :- सभापति भट्टराई

७ श्रावण काठमाडौ । नेपाली काँग्रेस (वी. पी.) का सभापति हरिबोल भट्टराईले सरकार तानाशाही प्रवृत्तिले अगाडि बढेको आरोप लगाएका छन ।


मंगलबार नेपाली काँग्रेस (वी. पी.)को केन्द्रिय समितीले आयोजना गरेको ३८ औं वी पी स्मृतिको कार्यक्रममा बोल्दै सभापति भट्टराईले राष्ट्रपतिलाई प्रयोग गरेर सरकार एक पछि अर्को गर्दै तानाशाही प्रवृत्तिले अगाडि बढिरहेको बताए । सभापति भट्टराईले सरकारको तानाशाही प्रवृत्तिलाई रोग्न आफ्नो पार्टीले खबरदारी गरिरहेको र खबरदारी गर्ने बताउदै सम्पुर्ण नागरिक, बुद्धिजिवि, पत्रकार, लेख, नागरिक समाज लगाएत सबैलाई साथ दिन पनि आग्रह गर्नु भयो ।


सभापति भट्टराईले पछिल्लो समय सरकारले गरेको संसद अधिवेशनको प्रशङ जोड्दै सरकारले कसैलाई सल्लाह नगरी अधिवेशन अन्त्य गर्ने निर्णय गरेको र राती १२ बजे पछि मात्र अधिवेशन राष्ट्रपतिबाट अन्त्य गर्ने सूचनाको पत्र सभामुखले पढेर सुनाए र अन्त्य हुने भए पनि त्यसो नभएको अझ राष्ट्रिय सभाको त अधिवेशन चलिरहेको बेलामा ५ बजे बाट अधिवेशन अन्त्य भएको पत्र आए पछि तत्काल राष्ट्रिय सभा अध्यक्षले संसद स्थकित गरे सोही दिन केही समयमा बोलाई पत्र पढेर सुनाएर अधिवेशन अन्त्य गरेको भन्दै सरकारले आफ्नो तानाशाही प्रवृत्ति देखाई सकेको बताउनु भयो ।


सभापति भट्टराईले सरकारले एकपछि अर्को गर्दै तानाशाही प्रवृत्ति तथा भ्रष्टाचारमा लिप्त भै रहेको बेलामा नेपाली काँग्रेस कहाँ छ न सदनमा देखिन्छ न सडकमा देखिन्छ । जनता र देशको पक्षमा बोल्न नसक्ने पार्टीले वी पीलाई नै बदनाम गराउने गरि वी पी स्मृति र जयन्ती मनाउदै उहाँको फोटो बेच्ने नैतिक अधिकार पनि गुमाएको आरोप लगाउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close