यसकारण श्रावण महिनामा कपाल काट्नु हुँदैन

काठमाडौँ। साउन महिना सुरुभएयता कपाल काट्न हुन्न भन्ने मान्यता छ । केही युवाहरुले यसलाई मान्दैन । तर, पाका पुस्ताले भने यसलाई मान्छन् । उनीहरु सकेसम्म साउन महिनामा कपाल नकाट्दा उचित हुुने तर्क राख्छन् ।

शास्त्रीय मान्यताअनुसार साउनभरि भगवान विष्णु आफ्नो कुटीमा आराम गर्न बस्छन् । उनी आराम गर्न बसेको बेला कपाल काट्न हुँदैन । कपाल काट्ने कार्य शुभकर्म भएकाले पनि भगवान विष्णु सुतेका बेला शुभकर्म गर्न नहुने मान्यता रहेको पाइन्छ।

‘शास्त्रीय परम्पराअनुसार विष्णुको अनुपस्थितिमा कपाल काट्न हुँदैन,’ यो महिनामा विष्णुको भजन, कृतन गर्ने र हरियो लगाउने परम्परा छ, यो महिनामा कपाल काट्दा बिरामी परिन्छ भन्ने परम्परा छ ।’ पौराणिक मान्यताअनुसार कपाल काट्न हुने र नहुने दिन पनि फरक–फरक छन् । आइतबार कपाल खौरिँदा एक महिना आयु घट्न सक्ने, मंगलबार काट्दा आठ महिना आयु घट्ने र शनिबार काट्दा एक वर्ष आयु घट्ने मान्यता छ ।

त्यस्तै, सोमबार कपाल काट्दा सात महिना आयु बढ्ने, बुधबार पाँच महिना बढ्ने,  बिहीबार कपाल काट्दा १० महिना र शुक्रबारः ११ महिना आयु बढ्ने मान्यता रहिआएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close