धार्मिकस्थल खोल्न चेतावनी

६ असोज काठमाडौं | नेपाली काँग्रेस (वी पी) लामो समय कोरोना (कोभिड-१९) रोकथामको नाममा लकडाउन र निशेधाज्ञा जारि गर्दा विभिन्न जातजाति तथा धर्मालम्बीहरुको धर्म संस्कृति चाडपर्व तथा विश्वास र आशाका केन्द्र मानेर श्राद्वालुहरुले पुजा-आजा गर्ने मठ मन्दिर, चैत्य, गुम्बा, बिहार, मस्जिद जस्ता धार्मिकस्थलहरु बन्द रहेको प्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ |

मंगलबार कार्यालय सचिव सुशिलाराज वाग्ले एक विज्ञप्ति जारि गर्दै बन्द रहेका सम्पूर्ण धार्मिकस्थलहरु जनस्वास्थ्यको मापदण्ड पालना गरि खुल्ला गर्न तथा चाडपर्वहरु मनाउन दिन सरकारसँग जोडदार माग गरेका छन् |

पार्टीले आइतबार सम्म मन्दिर खोल्न सरकार र पशुपति क्षेत्र विकास कोषको ध्यानाकर्षण गरेको छ | आफ्नो मागलाई वेवास्ता गरिएमा सोमबार जबर्जस्ती खोल्ने जानकारी दिएको छ |

पार्टीले सम्पूर्ण धर्मालम्बीहरुलाई पार्टीले सोमबार धार्मिकस्थलहरु खुल्ला गर्ने भएकोले कार्यक्रममा सहभागी तथा आ-आफ्नो धार्मिकस्थलहरु खुल्ला गर्न अपिल पनि गरेको छ |

प्रेश विज्ञप्ति

मिति : २०७७/०६/०६

धार्मिकस्थलहरु खोल्न चेतावनी

सरकारले कोरोना (कोभिड-१९) रोकथामको नाममा लामो लकडाउन र निशेधाज्ञा जारि गर्दा विभिन्न जातजाति तथा धर्मालम्बीहरुको धर्म संस्कृति चाडपर्व तथा विश्वास र आशाका केन्द्र मानेर श्राद्वालुहरुले पुजा-आजा गर्ने मठ मन्दिर, चैत्य, गुम्बा, बिहार, मस्जिद जस्ता धार्मिकस्थलहरु बन्द रहेको प्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ |

बन्द रहेका धार्मिकस्थलहरु जनस्वास्थ्यको मापदण्ड पालना गरि खुल्ला गर्न तथा चाडपर्वहरु मनाउन दिन सरकारसँग जोडदार माग गर्दछ |

आइतबार सम्म मन्दिर खोल्न सरकार र पशुपति क्षेत्र विकास कोषको ध्यानाकर्षण गराउद छ | हाम्रो मागलाई वेवास्ता गरिएमा सोमबार पार्टीले जबर्जस्ती खोलन बाध्य हुने छ |

तशर्थ : सम्पूर्ण धर्मालम्बीहरुलाई पार्टीले सोमबार धार्मिकस्थलहरु खुल्ला गर्ने भएकोले कार्यक्रममा सहभागी तथा आ-आफ्नो धार्मिकस्थलहरु खुल्ला गर्नुहुन हार्दिक अपिल गर्दछ |

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close