


जसरी उकालो सकिएर फेरि ओरालो आउँछ ।
त्यस्तै गरि हाम्रो पनि एक दिन पालो आउँछ ।।
खै कुन प्रमाण हेरेर अदालतले फैसला दिन्छ ,,
दुधको साची बस्न साथमा बिरालो आउँछ ।।



हजुरहरु हतार नगरी बस्नुस दुख र पीडामा ,,
कालो रातलाई चिर्दै अन्तत: उज्यालो आउँछ ।।
जिन्दगी धरहरा भत्किए झै हुन केही बेर छैन ,,
मुटुलाई केन्द्र बिन्दु बनाइ भुइचालो आउँछ ।।
पशु भत्ता नदिएकै जाती होला ए सरकार ,,
सुबिधा लिन पहिले जागीरे पछि गोठालो आउँछ ।।
✍️ माया सिंह निर्भीक
शुभकालीका गाउँपालिका-4 कालिकोट