गृह प्रवक्ता शर्मासहित २६ सह–सचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले २६ जना सह–सचिवको सरुवा गरेको छ । गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माको समेत सरुवा भएको छ ।

गृहका सहसचिव शर्माको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, गण्डकी प्रदेश पोखरामा सरुवा भएको छ । त्यस्तै, गृहका सहसचिव मदन भुजेलको आर्थिक मामिला तथा योजना मन्त्रालय, बाग्मती प्रदेश हेटौँडा सरुवा भएको छ ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीको रक्षा मन्त्रायलयमा सरुवा भएको छ । यसैगरी गृह मन्त्रालयका सहसचिव ज्ञानेन्द्र पौडेलको अर्थ मन्त्रालयमा सरुवा भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close