तरुण दल मोरङ पुर्व अध्यक्ष नेपाली काँग्रेस (वी पी) मा

८ श्रावण काठमाडौ । नेपाली काँग्रेस को भातृ संघ नेपाल तरुण दल मोरङ जिल्लाका पुर्व जिल्ला अध्यक्ष योगराज पोखरेल (श्याम ) र पाटन क्याम्पस नेपाल विद्यार्थी संघका २०४६ सालका आन्दोलनका विद्यार्थी नेताहरु नेपाली काँग्रेसले वी पी विचार र सिद्धान्त छोडेको भन्दै नेपाली काँग्रेस (वी पी) को सदस्य लिग्नु भएको छ ।


उहाँलाई आज पार्टी केन्द्रिय कार्यलय गोङबु आवासीय क्षेत्र सामाखुसीमा पार्टी महामन्त्री सुशीलमान सेरचन र पुष्पराज पराजुली, सहमहामन्त्री तथा प्रवक्ता देवेन्द्र प्रकाश पौडेल केन्द्रिय सदस्य दिपक कार्की लगाएतका नेताहरूले टीका खादा लगाएर सदस्यता दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close