कोभिड १९ बाट त्रसित जनजीवनलाई सरकारले सहज बनाउन सकेन, डा.महत

 

काठमाडौँ । नेपाली काँग्रेसको कोभिड १९ अनुगमन समितिले कोरोना महामारीको नियन्त्रणका लागि आवश्यक मापदण्ड आपनाउदै आर्थिक सामाजिक जीवन सहज गर्न र आर्थिक गतिविधि बढाउने काममा लाग्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
उक्त समितिले आज नेपाली काँग्रेसको पार्टी कार्यालयमा पत्रकार गरेर सरकारको ध्यानाकर्षण गराएको हो ।
नेपाली काँग्रेसका सहमहामन्त्री एवं सो समितिका संयोजक डा.प्रकाशशरण महतले सरकार कोरोना नियन्त्रणका काममा संवेदनशील नभएको आरोप लगाए ।
सो पत्रकार सम्मेलनमा डा.महतले भने, देशको आर्थिक, सामाजिक, शैक्षिक लगायतका समम्पूणर् क्षेत्रहरु तहसनहस छन्, नागरिकले अब के गर्ने भन्ने अन्योलमा छन्, गरीखाने मजदुर बर्ग अझै ठूलो समस्यामा परेको छ तर यो सरकारसँग कुनै पनि प्रभावकारी र नागरिकलाई राहात दिने खालको कार्यक्रम नै छैन ।
सरकारले यस्तो अवस्थामा लकडाउन खोलेको घोषणा गरेको छकि संक्रमित नागरिकहरु दिनदिनै थपिएका छन्, यस्तो अवस्थामा जनतामा झनै त्रास बढिरहेको छ, त्यसैले नागरिकको जनजीविकालाई सहज गर्दै देशका हरेक क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक राहत प्याकेज ल्याओस र जनतालाई सहज अवस्था प्रदान गरोस् डा.महतले भने ।
आज आयोजित पत्रकार सम्मेलनमा सो समितिद्धारा प्रकाशित प्रेस नोटको पूणर् पाठ यसप्रकार छ ।

प्रेस नोट
नेपाल सरकारले १२० दिन लामो लकडाउन र सेमी लकडाउनको अवस्थालाई समाप्त गरी आवण ७ गते लकडाउन खोल्ने निणर्य गरेको छ । मुलुकको अर्थतन्त्र, व्यवसाय, जनजीवनलाई सुचारु बनाउन आवश्यक भए पनि लकडाउन खुलाए पछि जन जीवनलाई व्यवस्थित, स्वास्थ्य सजगता र सुरक्षाका उपाय अबलम्बन गरेर मात्र नागरिक जीवनलाई सुरक्षित बनाउन सकिन्छ भन्ने कुरामा नेपाली काग्रेसले सरकारलाई पटक पटक सजग गराउँदै आएको छ। लकडाउनका कारण नेपालको आर्थिक, सामाजिक क्षेत्रमा देखिएको समस्याहरु कम गर्न यसले सहज गर्छ भन्ने कोणबाट आम जनजीवनले राहत महशुश गरे पनि बढ्दो संक्रमणको बीचमा खोलिएको लकडाउनले संक्रमणको विस्तार हुन सक्ने थप जोखिम तर्फ हाम्रो गम्भीर चासो र चिन्ता रहेको छ । तर सरकारले लकडाउनको अवधिलाई महामारी नियन्त्रण र यसपछि जनजीवन सुचारु गर्ने तर्फ पर्याप्त ध्यान दिएन ।
अहिले लकडाउन खोल्दा पनि सरकारले तदर्थवादी र अनुत्तरदायी व्यवहार प्रदर्शन गरेको छ । यसले नागरिक जीवनलाई थप असुरक्षित बनाउने जोखिम बढेको छ। मलभूत रुपमा सरकारका हरेक निणर्यहरु हठात र तयारीरहित देखिन्छन् । लकडाउनको लामो अवधि विना तयारी र विना उपलब्धि नै सरकारले सकायो ।
अहिले लकडाउन खोल्दा पनि बढ्न सक्ने संक्रमण प्रति सरकारको तयारी शून्य देखिन्छ । लकडाउन खोल्ने निणर्य गरी राख्दा सार्वजनिक स्थल, होटल, रेष्ट्रोन्ट, कार्यालय, कलकारखाना व्यवसाय, शैक्षिक संस्थाहरु सार्वजनिक यातायातहरुमा अपनाउनु पर्ने सुरक्षा प्रोटोकलर कार्यान्वयन गर्ने तयारीका बारेमा सरकार मौन छ । यसले गर्दा सरकारको लकडाउन खोल्ने निणर्य पूर्व तयारीका साथ गरेको नभएर राजश्व बढाउने तथा राज्यले निर्वाह गर्नु पर्ने दायित्वबाट पन्छिने उद्देश्यबाट मात्र प्रेरित भएको देखिन्छ । हामी पनि चाहन्छौं आर्थिक(सामाजिक जीवन सहज होस र आर्थिक गतिविधि बढोस् तर साथसाथै संक्रमणको जोखिम घटोस् । त्यसकारण हामी निम्न लिखित विषय तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउदछौं।
संक्रमणको कम नघटेको, वीरगञ्ज, राजविराज लगायतका ठाँउहरुमा देखिएको संक्रमणको प्रकृतिले, संकमण समुदायमा फैलिन सक्ने देखिएको छ । यस्तो अवस्थामा परिक्षण, ट्रेसिङ, उपचार, स्वास्थ्य उपकरण, जनशक्ति र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा र सुविधा प्रति सरकारको तयारी अत्यन्त निराशाजनक छ। लकडाउन खोलेपछि उद्योगधन्दा, व्यापार व्यवसाय, सार्वजनिक यातायात, शैक्षिक संस्थाहरुमा अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा र सावधानीका उपायहरु पिपीई (मास्क, स्थानीटाइजर, सावुन पानी लगायत) को प्रयोग र भौतिक दुरी कायम गराउने कार्ययोजना र कार्यान्वयन तयारी तर्फ सरकार गम्भीर देखिएन ।
नेपाली कांग्रेसको पटक पटकको ध्यानाकर्षणको बावजुद होल्डिड सेन्टर, स्वारेन्टाइन केन्द्रहरुलाई मापदण्ड अनुरुप संचालन गर्ने र परिक्षणको दायरा फराकिलो पार्नुपर्ने आवश्यकतालाई सरकारले गम्भीरताका साथ लिएन । उल्टो परिक्षणको दायरा घटाएर संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार गरिरहेको छ । सरकारले मुलुकमा उद्योगधन्दा र खासगरी साना, मझ्यौला र अनौपचारिक क्षेत्रका व्यवसायमा कोभिड़ १९ ले सिर्जना गरेका समस्या समाधानमा केही नीतिगत घोषणा बाहेक वन्द उद्योग व्यवसायलाई सहज रुपमा खुलाउन कुनै सार्थक पहल गरेको छैन ।
अहिलेकै जस्तो अव्यवस्थित र पर्याप्त स्वास्थ्य सुरक्षा सावधानीविनै उद्योग व्यवसाय सञ्चालन गर्दा थपिने संक्रमण र नागरिक जीवनमाथि आइपर्ने जोखिम सम्बोधन गर्नेतर्फ सरकारको पटकको ध्यान गएको छैन । लकडाउन खोल्ने निणर्य गरेपछि आम नागरिकहरुलाई संक्रमणको सतरा तर्फ सचेत गर्न आवश्यक सचेतना अभियान चलाउने र कार्यान्वयन सुनिश्चितता तर्फ सरकारले गम्भीर गृहकार्य गरेको देखिएन ।
हामी यसप्रति सम्पूणर् तयारी गर्न र असंवेदनशील र हचुवाशैलीमा काम नगर्न सरकारलाई खबरदारी गर्दछौ। अन्तमा पाटीका सदस्य, शुभचिन्तक, समर्थक र आम नेपाली दिदीबहिनी दाजभाइहरुलाई संक्रमण जोखिमप्रति सचेत भई भीतिक दुरी र मास्क लगायतका स्वास्थ्य सुरक्षाका उपायहरुलाई आफू पनि अपनाउने र अरुलाई पनि अपनाउन प्रेरित गर्न नेपाली काग्रेस अनुरोध गर्दछ । धन्यवाद । जय नेपाल

डा. प्रकाशशरण महत
सहमहामन्त्री
संयोजक (कोभिड) १९ अनुगमन समिति

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close