डिआईजीको पुनरावलोकन मुद्दाको सुनाई भोलि

१० श्रावण काठमाडौैँ । सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी भएको सर्वोच्च अदालतको फैसला विरुद्ध महान्यायाधिवक्ताको कार्यालयले दर्ता गराएको पुनरावलोकन निदेवन माथिको सुनुवाई भोलि हुने भएको छ । मुद्दाको पुनरावलोकन सम्बन्धि पूरक निवेदन भोली पेशीमा चढ्ने छ ।
पूर्व डीआईजी कोइरालाले २०६८ माघमा पत्नी गीता ढकाल (कोइराला)को हत्या गरेका थिए । पत्नी हत्या मुद्दामा जिल्ला अदालत र पुनरावेदन अदालतले कोइरालालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।
असार १५ मा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको सयुक्त इजलासलेले कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो ।
सर्वोच्चको फैसलाअनुसार कोइराला  ८ साउनमा रिहा भए पछि सर्वोच्चको फैसला त्रुटीपूर्ण रहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले सोही दिन सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गरेको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले गरेको फैसला उपर महान्यायाधिवक्ताको कार्यालयले दिएको पुनरावलोकन निवेदनमा अब तीन जना न्यायाधीशहरुबाट सुनुवाइ हुने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close