सम्माननिय अदालतको गरिमा जोगाउन प्रधानन्यायाधीशबाट राजीनामा दिनुहोस् :- संयोजक मिश्र

१० श्रावण काठमाडौ । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन आग्रह गरेका छन् । शनिबार न्यायका लागि साझा तराजु यात्रा’लाई माइतीघर मण्डलामा सम्बोधन गर्दै उनले जबराको निर्णय विवादमा परेकाले संसद चले पछि महाअभियोग लगाएमा सम्माननिय अदालत माथी जनताको विश्वास कम हुने भन्दै जबरालाई अदालतको गरिमा जोगाउन राजीनामा दिन आग्रह गरेका छन ।
मिश्रले भनेका छन तपाईंले गर्नु भएको निर्णयविरुद्ध जनताको विश्वास टुटेको छ । राजीनामा दिएर अदालतको गरिमा जोगाउनु होस् ।
पुर्व प्रधानन्यायाधीश सुशीला कार्किलाई महाअभियोग लगाएको प्रती असन्तुष्ट व्यक्त गर्दै योग्यहरुलाई महाअभियोग लगाउने र अयोग्यहरुलाई नियुक्त गर्नेहरुलाई जनताले महाअभियोग लगाउनुपर्ने समेत बताए ।
साझा पार्टीले गरेको विरोध प्रदर्शनमा सहभागीहरुले ‘त्रुटिपूर्ण फैसला रद्द गर, पीडितलाई न्याय गर’, ‘भ्रष्टलाई सिंहदरबार होइन, जेल हालौं’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close