जिल्ला नगरको सवलिकरण र व्यवसायिक हकहितका लागि मेरो उमेदवारी : श्रेष्ठ

बिदुर । नेपाल उद्योग बाणिज्य महासंघको अघिल्लो कार्यकालमा सर्वाधिक तेस्रो मत ल्याई केन्द्रीय कार्यकारिणी सदस्य पदमा निर्वाचित नुवाकोट उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष राजन श्रेष्ठले शनिवार सम्पन्न हुने साधारणसभामा पनि महासंघको आगामी कार्यकालका लागि जिल्ला नगरतर्फको कार्यकारीणी सदस्य पदमा उमेदवारी दिएका छन् ।

सानो उमेरमै महासंघको नेतृत्वमा पुगेर आफ्नो नेतृत्वदायी भुमिका र समन्वयकारी क्षमता प्रस्तुत गरिसकेका नेपाली काँग्रेसको केन्द्रीय उद्योग बिभागका सदस्यसमेत रहेका श्रेष्ठ महासंघको देशैभरीका नेतृत्वसंग सम्पर्क र सामिप्यताका हिसावले प्रतिस्पर्धीहरुको तुलनामा अग्रणी स्थानमा समेत रहेका छन् ।


सानो उमेरमा नुवाकोट उद्योग बाणिज्य संघको नेतृत्व गरेर आफ्नो कार्यकालमा जिल्लाका औद्योगिक सम्भावनाहरु उजागर गर्दे संभावनाहरुलाई सार्थकतामा परिणत गर्न सरोकारवाला निकायहरुलाई उत्प्रेरित गर्ने काम गरेर नुवाकोटका व्यवसायीहरुमाझ सफल नेतृत्वको छवी बनाएका श्रेष्ठले महासंघको केन्द्रीय नेतृत्वमा रहँदा पनि नेतृत्वसंगको समन्वय र सहकार्य मार्फत निरन्तर आफूलाई व्यवसायिक हकहितका पक्षमा उभ्याउँदै आएका छन् ।

आगामी कार्यकालका लागि कार्यकारिणी सदस्य पदमा बरिष्ठ उपाध्यक्षका उमेदवार चन्द्रप्रसाद ढकाल समूहबाट प्रतिस्पर्धामा रहेका श्रेष्ठ आफ्नो उमेदवारी जिल्ला, नगर र प्रदेश महासंघहरुलाई सवलिकरण गर्दे त्यसमार्फत उद्यमी ब्यवसायीहरुको हक अधिकार स्थापित गर्न रहेको बताउँछन् । कोरोना संक्रमणबाट आर्थिक क्षेत्रमा सिर्जित समस्याहरुलाई संबोधन गर्दे आर्थिक क्षेत्रलाई लयमा फर्काउन आफ्नो समूहले लिएको नीतिलाई पूर्ण कार्यान्वयन गर्न आफ्नो निरन्तर क्रियाशिलता रहने उनको भनाईछ ।

रोजगारदाता र श्रमिकहरुको संबन्धको पाटोलाई मजबुत बनाउने र त्यसमार्फत औद्योगिक शान्तिको वातावरण निर्माण गर्न निरन्तर बहस पैरबी गर्ने बताउँदै श्रेष्ठले आर्थिक बिकासका नयाँ सम्भावनाहरुको पहिचान गर्ने र मुलुकको आर्थिक समृद्धिको अभियानलाई सार्थक बनाउन समेत हरदम प्रयत्नशील रहने प्रतिबद्धता समेत जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close