लाल झन्डालाई लाई साची राखेर- दिपक पौडेल ( कविता )

रिसले सल्किएर , लोभ र प्रतिशोधका ज्वालाहरुमा दन्किएर
ज्वालामुखी बिस्फोटको अबस्थामा रहेका बाजहरुले तिमिलाइ झम्टिदापनि
प्रजातान्त्र र स्वतन्त्रताका निम्ति चौध बर्ष जेल बस्ने अनि
निदाउदा सपना देख्नेहरुको भिडमा ब्युझिएरै समृद्धिको नक्सा लेख्ने तिमी,
तिनै तमाम सैतानी बाजहरुको बिचमा कयौ चक्रब्युहहरुलाइ तोडेर अघि बड्न सक्ने युद्द मैदानका अर्जुन हौ तिमी ।

लाल झन्डा लाई साचि राखेर, हामी मुठ्ठी कसेर भन्न सक्छौ,
समृद्ध नेपाल र सुखि नेपालिको
सारथि हौ तिमी,
क्रान्तिका अग्र मोर्चामा कहिके नथाक्ने कमान्डर हो तिमी
युद्दमा कहिले नभाग्ने योद्दा हौ तिमी ।।

लुटिएका स्वाभिमान अनि धाटि रेटिएका स्वाधीनताहरुलाइ
जीवन दिएर ढकमक्क फैलाउन सक्ने सुन्दर बगैंचाको माली हौ तिमी,
हलक्क बढेका उत्तिसको बोट होइन
सित्तलताको प्रतीक हजारौंलाई छहारि दिने ढकमक्क सितल पिपल होउ तिमि,
मरूभुमिमा पनि थुङ्गा बनेर फुल्न सक्ने
सुनगाभा हौ तिमी अनि
आफू जलेर पनि निस्चल बलिरहने, साँझको दियो हौ तिमि !
फाटेका मनहरू टाल्न सक्ने सियो हौ तिमि !!

हो तिमी अझै पनि बिकास र सम्बृर्दिको छाल बनेर छल्किनु पर्छ,
स्वाधिनता र स्बभिमानको अाँधि र सुनामि बनेर निरंकुशताको कालो संम्राज्य माथी माडारिनु पर्छ
अनि मात्र सैतानि कलमबाट प्रतिशोधका
ज्वाला अोकल्नेका छानाहरू अाफै उड्नेछन् !!
अनि मृग रुपि राबणहरु आफै बनबास बस्न बाध्य हुनेछन
अनि तिनका जाल झेलका लंकाका राज्यहरु आफै जलेर खरानी हुनेछन ।
अनि कोरिने छ सुन्दर नेपालको नया मानचित्र
जहाँ सारा नेपाल समृद्ध अनि नेपाली सुखी हुनेछन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close