अप्रील 29 मा पृथ्वी धोस्त हुने, सत्य कि हल्ला मात्र???

यतिबेला कोरोनाले विश्व नै विषम परिस्थितिमा भएको बेला हर कोहिले मानव जगत र अस्तित्वमाथी बिनास हुने समय त होईन भन्ने धारणाहरु राखिरहेका छन्। यसै सन्दर्भमा विभिन्न खगोलिय अन्वेषण एजेन्सीहरुले एउटा महाकाय क्षुद्रग्रह पृथ्वीको निकै नजिक आउने कुरा जानकारी दिएसँगै पृथ्वी बिनाश भन्ने समाचारहरु सामाजिक सञ्झालहरुमा बढी सुन्नमा आएको छ। खास के हो त? के क्षुद्रग्रह पृथ्वीमा ठक्कर दिई ठूलो बिष्फोटन गराई भयावह स्थित निर्माण गर्ने हो त?

खासमा यो क्षुद्र ग्रह सन् १९९८ जुलाई २४ को दिन सर्वप्रथम एन इ ए टि प्रोग्रामका खगोल वैज्ञानिकहरुले अवलोकन गरेका थिए। त्यस क्षुद्रग्रहको नाम 52768 अथवा 1998 OR2 राखिएको थियो। उक्त पिण्डको आकार दुई देखि चार किलोमीटर ब्यास रहेको छ। नासाले यसको पहिलो खोज सँगै यसबारे अवलोकन र अनुसन्धान गरिरहेको छ। यसले सुर्यलाई एक चक्कर घुम्न 1344 दिन लगाउछ। यो पीण्डको सुर्यलाई परिक्रमा गर्ने गति २० हजार माइल प्रती घण्टा रहेको छ। यहि गतिले यो आफ्नो पथमा हिड्दा सन् २०२० अप्रिल २९ का दिन पृथ्वीको सबभन्दा नजिकको बाटो भएर गुज्रनेछ। जुन दिन पृथ्वीको सतह देखि यसको दुरी करिब ३१,२०० किलोमिटर टाढा रहनेछ।
52768 नामको पीण्ड त्यस दिन पृथ्वीको निकै नजिक बाट आफ्नो बाटोमा हिड्ने हो तर पृथ्वीको बलियो गुरुत्वक्षेत्रमा प्रवेश गर्न पाउनेछैन र फलस्वरूप हल्ला फिजाए जस्तो पृथ्वीको सतहमा ठक्कर खाई बिनास हुन पाउने छैन। यो पिण्डले पृथ्वीको गुरुत्व एवं अन्य कुनै पनि कुरामा कत्ती असर नगर्ने जानकारी नासाले औपचारिक रुपमा गराएको छ। कोरोना भाईरसको डरसँगै यो अर्को अफवाहले कतिपय मानिसमा साच्चिकै भयावह सोच उत्पन्न गराएको पाईन्छ तर यस्तो अफवाहलाई विश्वास नगरी सम्बन्धित एवं आधिकारिक खगोल वा वैज्ञानिक एजेन्सी हरुले दिएको सूचनालाई आधार बनाउनु नै राम्रो मानिन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close