रियल म्याड्रीड लालिगाको शिर्ष स्थानमा उक्लियो

काठमाडौँ। इस्पानियोललाई १-० गोलले पराजित गर्दै रियल मड्रिड स्पेनिस लिग लालिगाको शिर्षस्थानमा उक्लिएको छ । क्याटालान क्लब इस्पानियोलको घरेलु मैदानमा भएको खेलमा रियलले कठिन जित हात पारेको हो ।

रियललाई जित दिलाउन एकमात्र गोल काशिमेरोले गरे ।
उनले खेलको ४५ औँ मिनेटमा गोल गरे । लिग सुचारु भएयता रियलले एक खेल पनि गुमाएको छैन ।

उच्च फर्ममा देखिएको रियलले पछिल्ला पाँच खेलमा जित हात पारेको छ । शिर्षस्थानमा रहेको रियलको ३२ खेलमा ७१ अंक रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको बार्सिलोनाको ६९ अंक रहेको छ । लिगको पुछारमा रहेको इस्पानियोलको २४ अंक रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close