एमबाप्पे किन्न लिभरपुल र रियल म्याड्रीड इच्छुक, पिएसजिले बेच्ला त ?

एजेन्सी। फ्रान्सेली स्टार फुटबलर काइलियन एमबाप्पेलाइ नयाँ सिजनमा अनुबन्ध गर्न केही क्लबहरु इच्छुक देखिएका छन । यस सिजन प्रिमियर लिग जितेको लिभरपुलेदेखि लालिगाको शिर्ष स्थानमा रहेको रियल म्याड्रीड सम्मल एमबाप्पेलाइ किन्न इच्छा देखाएका हुन ।

लिभरपुलले आउने सिजनका लागि केही नयाँ खेलाडी अनुबन्ध गर्ने तयारी गरेको खबरहरु बाहिर आइनै रहेका छन् । मिडिया रिपोर्टका अनुसार पिएसजीका स्टार खेलाडी काइलियन एमबाप्पेलाई लिभरपुलले अनुबन्ध गर्न चाहेका छन। एमबाप्पेलाई लिएर प्रशिक्षक उर्गेन क्लप पनि उत्तिकै उत्साही रहेका छन् । उनले एमबाप्पेको तारिफ पनि गरेका थिए । तर, क्लबले उनलाई किन्न ठुलो रकम तिर्नुपर्नेछ ।

मिडिया रिपोर्टका अनुसार रियल मड्रिडले पनि एमबाप्पेलाई अनुबन्ध गर्न चाहिरहेको छ । तर, लिभरपुल एमबाप्पेका लागि सही गन्तव्य हुने समिक्षकहरुले बताएका छन् ।

एमबाप्पेले क्लपसँग धेरै कुरा सिक्न सक्ने उनीहरुको तर्क रहेको छ । पिएसजीले भने एमबाप्पे क्लबमा नै रहने र बिक्रिमा नरहेको बताउँदै आइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close