धान रोप्ने मेसिन ( फोटो फिचर )

काठमाडौं। धेरैलाई अचम्म लाग्न सक्छ धान रोप्ने पनि मेसिन हुन्छ । अहिले कृषिलाई आधुनिकिकरण र ब्याबशायिक बनाउने लहर चलिरहदा धान रोप्ने मेसिनले यसमा निकै ठुलो मदत गर्न सक्छ । धान रोप्नलाइ हिलाएर माटो सम्याएर तयार गरेपछि यो मेसिन प्रयोग गर्न सकिन्छ ।

धान रोप्ने मेसिन हातले चल्ने (हिँड्ने खालको) तथा मेसिनद्वारा चल्ने (गुड्ने खालको) गरी दुवै तरीकाले धान रोप्नका लागि उपयुक्त छ। धानको बिरुवालाई मानिसद्वारा स्थानान्तरण गर्दा भन्दा धान रोप्ने मेसिन जस्तो मेसिन प्रयोग गर्दा कम समय र मजदुरको आवश्यकता पर्दछ। एक व्यक्तिले प्रत्येक दिनमा धान रोप्न सक्ने क्षमता ७०० वर्ग मि. क्षेत्रलाई यस मेसिनको सहायताबाट १०,००० वर्ग मि. पुर्याउन सकिन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close