लकडाउन साउन ७ गतेसम्म लम्बियो

काठमाडौं । सरकारले हाल कायम रहेको लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ। सोमबार साँझ बसको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।

कोरोना संक्रमणको दर बढ्दै गएपछि तत्कालको लागि सरकारले लकडाउन थप खुकुलो बनाउन नसकिने निर्णय गर्दै स्वास्थ्य सतर्कता अपनाउन जरुरी रहेकाले यथास्थितिको लकडाउनलाई लम्ब्याइएको जनाएको छ ।

कोरोना संक्रमण तथा रोकथामको लागि सरकारले गत चैत ११ गते देखि लकडाउन गरेको छ । पछिल्लो पटक असार १ गते देखि भने लकडाउनलाई केहि खुकुलो बनाएको थियो ।

जेठ २८ गते बसेको मन्त्रिपरिषदको बैठकले निजी सवारीसाधन जोर विजोर प्रणालीबाट सञ्चालन गर्ने र कार्यलयहरु दुई सिफ्ट सञ्चालन गर्ने निर्णय गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close